logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी


    १२ मंसिर २०७८ , आइतबार

    प्रदेशको सन्तुलित विकास नै हाम्रो सपना हो : मुख्यमन्त्री केसी

    रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै प्रदेश सरकारको सपना भएको बताएका छन् । आफू नेतृत्वको गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताउँदै मुख्यमन्त्री केसीले लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताएका हुन् ।

    शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको उनको दावी छ ।

    त्यसैगरी उनले लुम्बिनीको पूर्ववर्ती सरकारले लिएको बजेट भन्दा वर्तमान सरकारकाले लिएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको गौरवको आयोजना सम्पन्न गर्न र नयाँ आयोजनालाई अगाडि बढाउनका लागि आफुले भूमिका खेलिरहेको बताउँदै त्यसका लागि सबै जिल्लाका विभागीय कार्यालयलाई सहजीकरण गर्न निर्देशन समेत दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.