logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    आज पनि लुम्बिनीसहित देशभर वर्षाको सम्भावना


    २१ माघ २०७८ , शुक्रबार

    आज पनि लुम्बिनीसहित देशभर वर्षाको सम्भावना

    काठमाण्डाैं, २१ माघ । आज पनि लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिजो साँझदेखि नै लुम्बिनीका विभिन्न स्थानमा वर्षा भएको थियो भने सो क्रम आज पनि रहनेे जनाइएको छ ।

    बिहानै मुलुकका धेरै स्थानमा मेघगर्जन, चटयाङसहित वर्षा भइरहेको छ । दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन, चटयाङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेकाे महाशाखाले जानकारी दिएकाे छ ।

    राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.