logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    वृद्धलाई सहयोग र सम्मान गर (सम्पादकीय)


    २४ माघ २०७८ , सोमबार

    वृद्धलाई सहयोग र सम्मान गर (सम्पादकीय)

    मानिसको जन्म र मृत्यु अनिवार्य छ । मानिसको सुरुवात उसको जन्मबाट हुन्छ र अन्त्य मृत्यु पछि हुन्छ । पृथ्वीमा भएका सबै मानिसको बाध्यता एउटै हो । उसको जन्म र मृत्यु । यसका जन्म एक प्रकारको भएपनि मृत्यु भने फरक फरक समय र परिस्थितिले हुने गरेको छ । मानिसको यो चक्र मानव सभ्यतासंगै शुरु भएको हो । मानिसको जन्मसंगै उसको बालापन शुरु हुन्छ । युवा अवस्थामा पुगेपछि उसमा एक प्रकारको उर्जा र जोश जागर देखिन्छ । मानिसको स्वर्णिम युग भनेको उसको युवा अवस्था हो । यो अवस्थामा मानिसले सबै प्रकारले जीवनलाई उपयोग गरेको हुन्छ । जागिर गर्ने, विवाह गर्ने, बालबच्चा जन्माउने इत्यादि गर्ने गरेको देखिन्छ । यस पछिको समय मानिसको वृद्ध अवस्था हो । यो अवस्था मानिसको जीवनको कठिन अवस्थाको रुपमा हेरिने गरेको छ । उमेरले मात्र नभएर जोस–जागर र कामकाजको हिसाबले समेत यो उमेरमा मानिसहरु सुस्त हुने गरेका हुन्छन् । जसलाई वृद्ध अवस्थाले चिनिन्छ । सबै प्रकारले कमजोर अवस्था वृद्ध अवस्था हो । यो अवस्था मानिसहरुको लागि खाली जीवनलाई अगाडि बढाउने अवस्था हो । युवा अवस्थामा गरेका क्रियाकलापहरुले यसलाई कस्तो बनाउने भन्ने निर्दिष्ट गरेको देखिन्छ । जीवनको उत्तरार्ध देखि युवा हँुदै वृद्ध अवस्था मानिसको अन्तिम अवस्थाको रुपमा हेरिने गरिन्छ । यो अवस्थामा पुगेका मानिसहरुलाई जीवन जिउनका लागि समेत कष्टकर भएको पाइन्छ । विकसित देशहरुको राज्यले विशेष सेवा सुविधाका साथ वृद्धहरुको हेरचाह गरेपनि एसिया, अफ्रिका लगायतमा वृद्ध अवस्था प्राय मानिसहरुका लागि दुःखद् हुने गरेको छ । यो अवस्थामा परिवारबाट समेत मानिसहरु अपहेलित हुने गरेका छन् । समाज तथा आफन्तहरु समेत टाढिने गरेको यो अवस्थामा मानिसहरुलाई बाँच्नका लागि समेत संर्घष गर्नुपरेको देखिन्छ । नेपाल जस्ता मुलूकमा प्राय बृद्धहरुलाई हेरचाह र सहयोग गर्ने मानिसहरुको अभाव रहेको छ । समाज आधुनिक बन्दै जाँदा परिवारका सदस्यहरुले समेत वास्ता नगर्ने र छोराछोरी समेत टाढिने गरेको पाईन्छ । नेपालमा राज्यले वृद्धहरुलाई केही पेन्सनको सुविधा दिएपनि हेरविचार गर्ने व्यवस्था गरेको छैन । राज्यबाट उचित हेरचाह नहुँदा र परिवारबाट अपहेलित हुँदा वृद्धवृद्धाहरु विभिन्न संघ संस्थाले सञ्चालनमा ल्याएका वृद्धाश्रमहरुमा आश्रय लिएको देखिन्छ । सबै मानिस एकदिन बृद्ध हुने हो । यो धुव्र सत्य पनि हो । तर मानिसमा अहिले मानवता हराउँदा वृद्धहरु प्रति गर्नुपर्ने सेवा, सहयोग र हेरचाह हराएको देखिन्छ । वृद्धहरुलाई घरपरिवार, समाज र आफन्तको सम्मान तथा सहयोगको आवश्यकता पर्दछ । सबै एकदिन वृद्ध हुनु नै छ । त्यसकारण मानिसले वृद्धहरुलाई सधै सम्मानका साथ हेर्ने र सहयोग गर्नुपर्दछ । राज्यले पनि बृद्ध भएका मानिसहरुका लागि विशेष सुविधा दिनु आजको आवश्यकता हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.