
फाइल तस्बिर
कमल रायमाझी
भैरहवा, २७ असार (रासस) । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकका लागि अव स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लच्छित उपहार उत्पादन गरेर विक्री वितरण गर्ने भएका हुन ।
लुम्बिनीका स्थानीयहरुलाई बुद्ध कला, साहित्य र सस्कृती झल्कीने उपहारका सामाग्री उत्पादनमा आर्थिक र प्रविधि सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि यो शुरु भएको हो ।
यसरी उत्पादन हुने बुद्धकलालाई पर्यटकका लागि बिक्री वितरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । लुम्बिनीमा विक्री वितरण हुने बुद्ध संग संम्बन्धित सामाग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रुपमा लुम्बिनीबासीका लागि नयाँ उपलब्धी भएको लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुदिन मुसलमानल बताउँनु हुन्छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दाले पवित्र लुम्बिनीको माटो-पानी प्रयोग गरेर उपहार सामग्री बनाउन शुरुगरेपछि लुम्बिनी घुम्न आउने पर्यटकहरु लाभाम्वित हुने भएका हुन् ।
यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल संघको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाएपछि स्थानीय खुसी छन् । पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयहरुलाई यो तालिम दिएको पछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
संसारभर लुम्बिनीकोे माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले यस्तो सीप सिकाइएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताउँनुभयो । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिनुभयो । त्यसैका लागि काठमाडौं लगायतका स्थानबाट दक्ष कालिगढ ल्याएर यहाँ बुद्धकलाबाट पर्यटक उपहार निर्माण गर्न सिकाइएको हो । यो सिप संगै लुम्बिनीका स्थानीयहरुले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेका छन् ।
उनीहरुले अव बुद्धका मूर्ति, बुद्धकला, पीपलका पात र हत्केलामा माटोका बुद्धका बनाउन बनाउने छन् । त्यस्तै मण्डला, मायादेवीले रुखका हाँगा समातेर बुद्धलाई जन्म दिँदै गरेको मूर्ति, पीपलको पात सुकाएर त्यसमा बुद्ध बनाउन सिकाइएको छ । विभिन्न जनावर र चरा लगायतका उपहार सामाग्री समेत उनिहरुले बताउने छन् । स्थानीय दुई दर्जन भन्दा बढिले तालिम प्राप्त गरि काम शुरु गरेका छन् ।