logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मायादेवीलाई सास्कृतिक मार्गको नामाकरण गर


    १५ साउन २०७९ , आइतबार

    मायादेवीलाई सास्कृतिक मार्गको नामाकरण गर

    कमल रायमाझी
    महामान गौतमबुद्धको जन्मस्थान लुम्बिनी प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको भैरहवा लुम्बिनी सडकलाई सांस्कृतिक मार्गको रुपमा विकास गर्नुपर्ने देखिएको छ । नेपालमा सवैभन्दा धेरै पैदलमार्गबाट नेपाल भित्रिने बेलहिया नाका तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र देशका विभिन्न स्थानबाट आउने पर्यटकहरु यहिमार्ग हुदै लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने गरेका छन् । अधिकांस सडक जिल्लाको मायादेवी गाउँपालिका भित्र पर्ने गरेको छ । भैरहवा लुम्बिनी २२ किलोमिटर पर्ने यो सडकलाई मायादेवी सांस्कृतिक मार्गको रुपमा विकास गर्न आवश्यक छ । पर्यटकिय दृष्टिकोणका रुपमा महत्वपुर्ण यो सडकलाई विकास र विस्तार गर्दै मायादेवी गाउँपालिकालाई पर्यटकिय गाउँपालिकामा बनाउँनु पर्ने देखिन्छ । बार्षिक रुपमा झन्डै १५ लाख पर्यटकहरुले प्रयोग गर्दे आइरहेको यो मार्गलाई स्थानीय सरकारले अवनत्व लिनुपर्दछ । पर्यटन व्यापारलाई विस्तार गर्ने दृष्टिकोणमा गुरुयोजना तयार गरि गाउँपालिका अगाडी बढे हजारौ युवाहरु स्वरोजगार बन्न सक्ने सम्भावना देखिन्छ । लुम्बिनी भैरहवा भित्रमा पर्ने सडकलाई सुन्दरीकरण, बुद्धका मुर्तीहरुको स्थापना गर्न आवश्यक देखिन्छ । सडक छेउमा पर्यटकहरुले विस्श्राम गर्ने विस्श्रामस्थल र पर्यटनलाई आर्कषण गर्ने व्यापार विस्तारमा गाउँपालिकाले नीजिक्षेत्रलाई सहयोग गर्नुपर्दछ । २२ किलोमिटर सडक क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा घोषणा गरि पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सके मायादेवीको महत्वपुर्ण कदम हुनेछ । यसले स्थानीय युवा उद्यमीको विकास र स्थानीय उत्पादनको व्यापारलाई सहयोग पुराउने सम्भावना छ । विदेश पलायन भइरहेका हजारौ युवाहरुलाई मायादेवीले रोक्न सके नमुना स्थानीय सरकार बन्ने छ । यसका लागि मायादेवी गाउँपालिकाले विशेस योजना अगाडी सार्दै सडकमार्गलाई पर्यटकिय र सांस्कृतिमार्गमा रुपान्तरण गर्न प्रदेश र संघिय सरकार संग सहकार्य गर्नु पर्दछ । लुम्बिनी विकास कोष, लुम्बिनीमा रहेका बौद्ध गुम्बाहरु र पर्यटन व्यवसायी संग छलफल गरि यो सडकलाई आर्कषणको केन्द्र बनाउदै पर्यटन क्षेत्रको विस्तार गर्नु पर्दछ । संसारभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर रहेको लुम्बिनीमा आउने अन्य लाखौ आन्तरिक तथा वाहय पर्यटकलाई आर्कषण गर्न सक्ने सडकमार्ग, पार्क, स्थानीय उत्पादन, सडकको सुन्दरिकरण, पर्यटकिय स्थलहरुको मायादेवीले विकास गर्नु पर्दछ । लुम्बिनी आउने पर्यटकहरुलाई केहि समय मात्र सडक छेउमा निर्माण गरिएका पर्यटकिय स्थल तथा पार्क र पर्यटकिय विश्रामस्थलमा रोक्न सके आर्थिकरुपमा समेत यो गाउँपालिका सम्पन्न बन्ने छ । पर्यटन व्यवसायीहरु समेत यहाँ आर्कशित हुने छन् । लुम्बिनीलाई श्रदा गर्ने लाखौ बौद्धमार्गीहरुको आर्कषणको केन्द्र समेत मायादेवी गाउँपालिका बन्ने छ । यहाँका ग्रामिणक्षेत्रलाई कृषि पर्यटन तथा धार्मिक पर्यटनको रुपमा विकास गर्न मायादेवीले सक्ने छ । मायादेवी गाउँपालिका संग जोडिएका देशकै महत्वपुर्ण क्षेत्र लुम्बिनी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सहि सदुपयोग यो गाउँपालिकाले गर्न सके यहाँका स्थानीयहरुका लागि राम्रो आय आर्जन हुने छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनीलाई मध्यनजर गरेर भैरहवा, लुम्बिनी,बुटवल, चितवन, पोखरा लगायतका क्षेत्रमा पर्यटन व्यवसायीले अर्बौको लगानी गरिरहको अवस्थामा मायादेवी गाउँपालिकाले यो अवसर प्राप्त गर्न पर्यटनक्षेत्रका मानिसहरुलाई समेत यहाँ आर्कषित गर्नु पर्दछ । पर्यटनक्षेत्रको सम्भावना अधिक भएको मायादेवी गाउँपालिकाले सर्वपक्षिय छलफल र पर्यटकिय क्षेत्रको अनुसन्धान गरि आफ्नो योजना अगाडी सार्नु अहिलेको आवश्यकता हो ।

    सडकमार्गको विचमा रहेको स्थानीय सरकार मायादेवी गाउँपालिका

    पर्यटक आगमनको केन्द्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल

    मायादेवीलाई यस्तै पर्यटकको केन्द्रमा विकास गर्दै आर्थिक क्रान्ति गर्न सकिने

    भैरहवा लुम्बिनी मार्गमा यस्तै बुद्ध सस्कृति झल्किने पर्यटकिय स्थलको विकास गर्न आवश्यक

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.