logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    संसारभर नैतिक शिक्षा बाड्दै विश्व प्रकाश प्रतिष्ठान


    २८ भाद्र २०७९ , मंगलबार

    संसारभर नैतिक शिक्षा बाड्दै विश्व प्रकाश प्रतिष्ठान

    मनोज क्षेत्री
    लुम्बिनी, २८ भदौ । थाइल्याण्डमा केन्द्रिय कार्यालय रहेको वल्ड लाइट फाउन्डेशनले बुद्धको उच्च ज्ञान मानिसको मन सम्म पूर्‍याउनको लागि नैतिक शिक्षा अभियान चलाएको छ । हाल सम्म नेपाल, अमेरिका, कम्वोडिया, लाओस, मलेसिया, बर्मा, सिङ्गापुर गरि ८ वटा देशमा बैधानिक रुपमा दर्ता भएर नैतिक शिक्षा प्रदान गरिरहेको वल्ड लाइट फाउन्डेशनका अध्यक्ष मनिराम भूषालले जानकारी दिए । हत्या हिंसाबाट मानिसलाई मुक्त गराउनको लागि नैतिक शिक्षा मार्फत बुद्धको वचनहरु मानव जगत सम्म पुर्‍याउन आवश्यक छ । अध्यक्ष भूषालले भने, “ नेपालमा पनि हामीले ३ वटा विद्यालयमा विद्यार्थीहरलाई नैतिक शिक्षा दिइरहेका छौं । जुन सियारी गाँउ पालिका रहका सरस्वती आधारभुत विद्यालय, गणसरी माध्यामिक विद्यालय र विवेकशिल माध्यमिक विद्यालय रहेका छन् । ” संसारभर शाकाहारी भोजन मार्फत मानिसको जिवनमा शुद्धता ल्याउने उदेश्यले विश्व प्रकाश प्रतिष्ठानले शाकाहरी भोजन समेत सञ्चालन गरेको छ ।

    गत वर्ष देखि लुम्बिनीको थाई विहारमा सञ्चालन गरेको शाकाहारी भोजन यस वर्षमा पनि भदौ २५ गते देखि सञ्चालन गरेको छ । जहा स्थानियहरु, बौद्ध भिक्षु, लुम्बिनी विकास कोषका कर्मचारी, वाह्य पर्यटक र आगन्तुक पर्यटकहरु गरी दैनिक करिव ६०० जनाले निशुल्क भोजन गरिरहेको आयोजनकले जनाएका छन् । मांशाहारी भोजन प्रति मानिसहरु आक्रसित भईरहेको वेलामा शाकाहारी भोजनमा पनि विभिन्न सन्तुलित परिकारमा खानाहरु बनाएर भोजनदान गरिएको छ । यो अभियानमा विश्व प्रकाश प्रतिष्ठान र राजकिय थाई विहार लुम्बिनीको सहकार्य गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.