नेपालीहरुको प्रमुख चाड दशैं यो बर्ष सकिएको छ । संसारभर रहेका नेपालीहरुले मान्यजनहरुको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेस रुपमा दशैं मनाएका छन् । रमाईलो पर्वको रुपमा मानिने दशैं यो बर्ष भने बर्षातका कारण हिले बनेको छ नेपालका अधिकांस क्षेत्रमा निरन्तर पानी परेपछि दशैं हिले बनेको हो । विभिन्न क्षेत्रमा काम गर्ने देश विदेशबाट आफ्ना घरघरमा पुगेका नेपालीहरुलाई दशैं मनाउन बर्षाले समस्या पारेको देखिन्छ । बिजय दशमीको दिन देखि पुर्णिमाको दिनसम्म मान्यजनबाट टीका–प्रसाद ग्रहण गरेर मनाउने दशैं हिले बनेपनि मानिसहरु समस्यामा परेका हुन । विभिन्न क्षेत्रमा बाढी ,पहिरो र डुवानका कारण समेत दशैंमा हुनुपर्ने खुसियाली यो बर्ष देखिएन । आ–आफ्नो घरमा पुगेर परिवार र आफन्त संग रमाईलो गरि मनाउने दशैं बर्षाका कारण घरभित्र सिमित बनाएको छ । हिमाल, पहाड, तराई सवैक्षेत्रमा विशेस रुपमा मनाईने दशैं नेपाली समुदायहरुको मुख्य पर्व पनि हो । घटस्थापना देखि शुरु भएर सप्तमी, महाष्टमी, महानवमी र विजय दशमी देखि पुर्णिमा सम्म विभिन्न पुजाआजा र टिका–प्रसाद ग्रहण गरेर दशैं मनाउने गरिन्छ । पारिवारिक, आफ्न्त र साथीभाईहरुको भेटघाट र रमाईलो गर्ने पर्वको रुपमा समेत दशैंलाई लिने गरिन्छ । नेपालमा सवैभन्दा लामो पर्व विदा हुने चाड समेत दशैं भएकाले पनि यसको महत्व बढि हुने गरेको छ । दशैंको टिका, जमरा, दक्षिणा र आशिर्वादलाई नेपाली समाजले विशेस रुपमा लिने गरेको छ । यो पर्वले नेपालीहरुलाई आनन्द अनुभूति गराउने पर्व हो । हर्ष, उल्लासको रौनकता दशैंलाई चिनाउँछ । दशैलाई दश दिन सम्म मनाईने गरिएको छ । शक्तीपिठहरुमा समेत दशैमा पुजाआजा गरिन्छ । दशैंले नेपाली समाजलाई एकता तथा भाईचाराको सम्बन्धलाई स्थापित गरेको छ । देश विदेशमा रहेका नेपालीहरु बिच समेत दशैँले सामिप्यता थपेको छ । असत्य माथि सत्यको विजयको प्रतीकका रुपमा दशैं मनाउने गरिन्छ । दशैंको उत्सव शक्ती र शक्तीको समन्वय गराउने उत्सव हो । यो हिन्दु संस्कृतिमा वीरता र शौर्यको समर्थकका रुपमा समेत परिभाषित गरेको देखिन्छ । पराम्परागत तथा आधुनिकता संग रमाउदै आएको हाम्रो दशैले नेपालीहरुलाई सभ्य संस्कार सिकाएको छ । यो पर्वलाई सामान्य र सरलरुपमा मनाउने बातावरण बनाउने प्रयास हामीले गर्नु पर्छ । खर्चालु भयो भने गरिब र असाहयका लागि दशै फेरि दशा बन्न सक्छ । नेपाली समाज संग सधै उत्सवको रुपमा आउने यो पर्वलाई हाम्रो धर्म संस्कृति तथा परिवेशले स्विकार गर्ने प्रकारले विकास गर्नु अहिलेको माग हो । पुराना पुस्ताबाट सिक्दै नयाँ पुस्तामा पुस्तान्तरणका लागि यो पर्वलाई समाजको साझा बनाउनु सवैको कर्तव्य हो । सवै नेपालीहरु माझ खुसीयाली र साझा पर्वको रुपमा दशैलाई मनाउन सके देशमा एकता र सहकार्यको विकास पनि हुने छ । यहाँको राजनीति दल तथा सरकार र आम नेपालीले दशैंलाई साझा पर्वको रुपमा मनाउदै सवैमा भाईचार र सहकार्य गर्नु पर्दछ ।