logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी


    १ कार्तिक २०७९ , मंगलबार

    एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी

    रुपन्देही, १ कार्तिक ।
    गृहमन्त्री बालकृष्ण खाणले नेकपा एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको बताउनु भएको छ ।
    रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विमति राखेको पार्टी पनि एमाले नेतृत्वको गठबन्धनमा रहेको बताउनुभयो ।
    एजेन्डा नै नमिल्ने पार्टीबीच भएको गठबन्धन प्राकृतिक हुन नसक्ने गृहमन्त्री खाणले बताउनुभयो । गठबन्धनमा एउटा दल गणतन्त्रवादी छ, त्यही गठबन्धनमा रहेको अर्को दलले गणतन्त्र स्वीकार्दै स्वीकारेको छैन, यस्तो गठबन्धनलाई कसरी प्राकृतिक गठबन्धन भन्ने, गृहमन्त्री खाणले भन्नुभयो ।
    अहिले आफ्नासामू दुई जिम्मेवारी रहेको गृहमन्त्री खाणले बताउनुभयो ।
    एउटा, देशभर एकैपटक शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष, स्वतन्त्र, भयमुक्त र निर्वादरूपमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी र अर्को आफूलाई जनताले रुचाएको, खोजेको र मन पराएको बनेर निर्वाचन जित्नु पर्ने अवस्थामा आफू रहेको उहाँको भनाइ थियो ।
    अग्रगमनको दिशामा लागेर समृद्ध मुलुक बनाउन पाँच दलीय गठबन्धनलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.