logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ्एनसीसी बैंकको मुनाफा २३ करोड


    १ चैत्र २०७२ , सोमबार

    ्एनसीसी बैंकको मुनाफा २३ करोड

    भैरहवा, फागुन २९ । भैरहवामा केन्द्रिय कार्यलय रहेको  नेपाल क्रेडिट एण्ड कमर्स बैंक  (एनसीसी बैंक) लिमिटेडको सन्चालन मुनाफा २३ करोड बताइएको छ ।
    बैंकको यसै हप्ता भैरहवामा सम्पन्न साधरण सभामा उक्त मुनाफा सार्वजनिक गर्दै बैंकले बैंकको निष्क्रिय कर्जा को अनुपात पनि १.३० मा झरेको बताएको हो । बैंकको २०७२ पौस मसान्त सम्म कुल निक्षेप  २६ अर्ब ६४ करोड,कुल कर्जा २१ अर्ब ७३ करोड रहेको छ ।
    यसैबीच बैंकले आफ्ना शेयरधनीलाई गत बर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर दिने भएको छ र ०.८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब पारीत गरेको छ ।
    बैंकको  सम्पन्न १८ औं साधारण सभाले उक्त प्रस्ताब पारीत गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले जानकारी दिए  । १६ प्रतिशत बोनस शेयर प्रस्ताब पारीत पछी बैंकको चुक्ता पू“जि २ अर्ब ३५ करोड ३२ लाख पुग्ने र यस्ले राष्ट्र बैंकबाट ‘क’ बर्गका इजाजत प्राप्त स“स्थाहरूलाई तोकिएको चुक्ता पू“जी पु¥याउनु पर्ने प्राबधानको लागी थप सहज पुग्ने कामु प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
    त्यस्तै गरी साधारण सभाले बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंकलाई पछी समायोजन गर्ने गरी यथाबत राख्ने, बिभिन्न निकायबाट रोक्का रहेका वा नेपाल स्टक एक्सचेन्जबाट कारोबार भईसकेका तर बिबादका कारण नामसारी हुन नसकेका शेयरहरूको हकमा सक्षम निकायबाट निर्णय भए आए अनुरूप हुने गरी बोनश शेयर तथा नगद लाभांश प्रदान गर्ने प्रस्ताब समेत पारीत गर्नुका साथै अठारौ बार्षिैक प्रतिबेदन समेत पारीत गरेको छ ।
    बैंक ब्यबस्थापन समितीका संयोजक एबं नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आर्थिक बर्ष २०७०÷७१को तुलनामा २०७२ असार मसान्तमा निक्षेप १९.७७ र कर्जा १९.९८ प्रतिशतले बृद्धी भई क्रमश २६.६६ अर्ब र २१.४४ अर्ब पुगेको बताए ।
    निरौलाले नेपाल राष्ट्र बैंकले बैंकको ब्यबस्थापन २०७० माघ २१ गते बाट लिएको र अब एनसिसि सहित कुमारी बैंक तथा अन्य ४ बिकाश बैंकहरू इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने÷गाभिने प्रकृया अनुरूप काम भैरहेको र ६ वटा स“स्था मर्जर पछी बन्ने एकल सस्थाले आगामी आर्थिक बर्ष देखि  शेयरधनिहरूलाई  बार्षिक रूपमा १५ देखि २०  प्रतिशतको प्रतिफल प्राप्त गर्न सक्ने गरी ब्यबसायिक योजना तयार गर्ने काम भैरहेको र २०७३ असार मसान्त भित्र बैंकको ब्यबस्थापन मर्जर पछी बन्ने तदर्थ सञ्चालक समितीलाई जिम्मा लगाईने जनाए । गत बर्ष यही अबधीमा निष्किृय कर्जाको अनुपात २ दशमलब २१ प्रतिशत रहेको कम्पनि सचिब कपिल ज्ञवालीले जनाए ।  बैंकको देश भरी जम्मा २४ शाखा मार्फत बित्तिय कारोबार गर्दै आएको सिद्धार्थनगर शाखाका प्रबन्धक मेघनाथ पाण्डेले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.