logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ,विमानहरु आकाशमै होल्ड


    १ चैत्र २०७२ , सोमबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ,विमानहरु आकाशमै होल्ड

    काठमाडौं, १ चैत । हावाहुरीले मौसममा खराबी आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा विदेशबाट आएका विमानहरु आकाशमै उडिरहेका छन् । अचानक आएको ठूलो हावाहुरीले रन वे अवरुद्ध भएपछि अवतरण गर्नुपर्ने विमानहरु आकाशमै होल्ड गर्न बाध्य भएका हुन् । विमानस्थल स्रोतका अनुसार झण्डै एक घण्टादेखि विमान अवतरण हुन सकेका छैनन् । मौसम विग्रेपछि कोरियन एयरलाइन्स र फ्लाई दुबईका जहाज डाईभर्ट गरिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले जानकारी दिए । उनले भने– ‘विमानस्थल बन्द भएपछि अहिले दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको एआईसी २१५ जहाज र एयर अरेबियाको एबीवाई ५३१ जहाज आकाशमै होल्ड भएका छन् । अवतरण गराउने प्रयास जारी छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.