कमल रायमाझी
भैरहवा । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई एनआरएनले अति आवस्यक पर्ने औषधीहरु उपलव्द गराएको छ ।
३ लाख ९१ हजार मुल्य बरावरका लाइफ सेफिङ औषधी मंगलवार अस्पतालका मे.सु. डा. राजेन्द्र प्रसाद खनाललाई एनआरएनका अध्यक्ष शेष घलेले हस्तान्तरण गर्नुभएको हो ।
गौतमबुद्ध बिमानस्थल भैरह
वाको हाता भित्रै औषधी हस्तान्तराण गर्दै एनआरएन अध्यक्ष घलेले नाकाबन्दीका कारण नेपालमा देखिएको मानबिय संबेदनालाई ख्याल गर्दे सहयोग उपलव्ध गराएको बताउनुभयो ।
उहाले,‘बिदेशमा बस्ने नेपालीहरुले एकएक रुपैया उठाएर नेपालमा परेको समस्या समाधानका लागी एनआरएनले पहल गरिरहेका जनाउदै अव यसको निकास छिट्टै हट्नेमा आफु आशाबादी रहेको राससकर्मीलाई बताउनुभयो ।
एनआरएनकी प्रवक्ता रञ्जु बाग्लेले नेपालका सकारी अस्पताललाई लगभग एनआरएनले १ करोड मुल्य बरावरको औषधी उपलव्ध गराइसकेको जनाउदै मंगलवार मात्र जनकपुरको अञ्चल अस्पताल मा ८ लाख मुल्य बरावरको औषधी र नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्जलाई समेत ४ लाख मुल्य बरावरको औषधी हस्तान्तरण गरेको जानाकारी दिनुभयो ।
एनआरएनकी संरक्षक इन्द्रा बनले नेपाल र नेपालीलाई परेको समस्या एनआरएनको पनि भएकाले यसको आफुहरु सहयोग पुराउन सबै क्षेत्रमा पुग्ने प्रयासमा रहेको बताउनुभयो ।
समुदाय बिचमा समेत दुरि बढेकाले नेपालीहरुको बर्षौ देखी मिलेर बसेको समाज पुर्नमिलनमा पणिरत होस भन्दै संरक्षक बनले भगवान बुद्ध संग समेत प्राथना गरेको जनाउनुभयो ।
लुम्बिनी अञ्चल अस्पतालका मे.सु. राजेन्द्र प्रसाद खनालले आपतको बेला एनआरएनले देखाएको सदभाव र सहयोग निकै मुल्यवान भएको जनाउदै उनले एनआरएनले अवका दिनमा पनि मानबिय संबेदनालाई सम्बोधन हुने किसिमका सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
अस्पताललाई उपलव्ध गराइएको औषधी बिरामीलाई समेत निःशुल्क रुपमा बितरण गरिने अस्पताल स्रोतले जानाकारी दिनुभएको छ ।
नेपाली सेनाको हवाइजहाज बाट काठमान्डौ हुदै सिमरा र जनकपुर बाट सिधै भैरहवा आएको एनआरएनको तिन सदस्य टोलि आजै काठमान्डौ फर्किएको छ ।