भैरहवा । नेपाल पत्रकार महासघ रुपन्देहीले बुधवार भैरहवामा राखेको मधेस आन्दोलन र नाकाबन्दी सम्बन्धीत पत्रकार सुझाव संकलन कार्यक्रममा बोल्ने अधिकांसले पत्रकार सेल्फ सेक्युरिटिमा पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।
आन्दोलनका क्रममा पत्रकार माथी हुने आक्रमणहरु बढिरहेकाले यस्ता बेला राज्यले आफुलाई सुरक्षा प्रदान गर्दछ भन्ने मानसिकता नबोक्न समेत अनुरोध गरेका थिए ।
जोखिमपुर्ण क्षेत्रमा रिपोटिङ गर्दा आफै सुरक्षीत भएर पत्रकारले काम गर्न आवस्यक रहेको भन्दै नेपाल पत्रकार महासंघका रुपन्देहीका निर्बतमान सभापती दिपक ज्ञवालीले पत्रकार कुनै जाति ,धर्म र सांप्रदायिकको पक्ष लाग्न नहुने कुरामा जोड दिनुभएको थियो ।
राससका पुर्ब अ
ध्यक्ष बालकृष्ण चापागाईले पत्रकार भएकै कारण आन्दोलन तथा युद्धरत पक्षले अपमान तथा आक्रमण गर्नेक्रम बृद्धि हुनु दुःखद भएको बताउनुभयो ।
उहाले स्वतन्त्रपुर्बक पत्रकारिता गर्न नपाउदा स्थानिय क्षेत्रमा घटेका घटनाहरु समाजमा आउन कठिनाई भएको जनाउनुभयो ।
सम्पादक समाज नेपालका केन्द्रिय उपाध्यक्ष नारायण सापकोटाले पत्रकारमा समाचार पस्किदा स्वतन्त्र र निपष्क्ष हुन आवस्यक भएकाले मधेस आन्दोलनका जायज मागलाई सकारात्मक रुपमा उठान गर्न पत्रकारहरु लाई अनुरोध गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापती शेरबहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा सिमाक्षेत्रमा कार्यरत पत्रकारहरुले आफुहरुले पत्रकारीता गर्दा सुरक्षित हुननसकेको बताएका थिए ।
यहि मंसिर २६ गते मधेसका २२ जिल्लाका पत्रकार महासंघका अध्यक्षहरुको हुनलागेको भेलाको पुर्बसध्यामा आन्दोलन र नाकाबन्दीको बिषयमा सिमाक्षेत्रका पत्रकारहरु संग छलफल गरिएको हो ।