logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बोल्दा बोल्दै झन्डै रोएनन् राष्ट्रबैंकका गभर्नर नेपाल


    ५ चैत्र २०७२ , शुक्रबार

    बोल्दा बोल्दै झन्डै रोएनन् राष्ट्रबैंकका गभर्नर नेपाल

    रिता चौधरी
    भैरहवा  । नेपाल राष्ट्रबैकंका गभर्नर डा. चिरिञ्जिवी नेपाल नेपालको कृषि र आर्थिक नितिको विषयमा वोल्दा वोल्दै झन्डै रुनुभएन ।
    एससिसि वैकंको व्यावसायी कृषि तथा पशु पालनमा कर्जा प्रवाह शुभारम्भ गर्न शनिवार भैरहवा पुग्नुभएका गभर्नर नेपाल कृषि र पशुपालनको विषयमा वोलिरहदा मलिन र भावुक हुनुभएको हो ।
    हामी नेपाली भनेर गर्व गर्ने विषय कहानेर रहेयो र भन्दै गभर्नर नेपालले छिमेकीले १ दिने नाकावन्दी गरिदिदा भोकै वस्ने स्थिति Chrianjibi-Nepal-on-IPRI-2011-350x200रहेको भन्दै उपस्थित किसानहरुलाई स्वरोजगार वन्न सुझाव दिनुभएको थियो ।
    उहाले हामी संग प्रसस्त स्रोत साधन हुदा पनि परनिर्भर भएकाले देशले गति लिन नसकेको जनाउदै कसैले नाकावन्दी गरायो भने रोइकराई गर्नुपर्ने स्थिती श्रृजना भएको जनाउनुभयो ।
    उहाले भन्नुभयो,‘ हामी संग अहिले के नै रहेछ र नाकावन्दीले देखियो ,सारा नेपालीले खाने देखी सुत्ने र अम्मली चिजहरु समेत विदेश वाट ल्याउन परेको छ । कसरी हामी गर्व गर्न सक्छौ ?’
    खाडी मुलुकमा ५० डिग्री सेल्सीयस गर्मी रहेको ठाउमा हाम्रा आफ्न्त युवाहरु काम गरिरहेका छन् भन्दै गभर्नर नेपालले ५० लाख युवाहरुले यसरी नेपाल छोडेर अरु देशका निम्ति काम गर्नु जानुमा हाम्रो देश गरिव भएको वताउनुभयो ।
    खाडीमा गएर जे गर्न पनि तयार हुने हामी नेपालीहरुले आफ्नो देशमा किन स्वरोजगार  हुन खोज्दैनौ भन्दै गर्भनर नेपालले भन्नुभयो नेपाल संग अन्य देशमा भन्दा धेरै सम्भावना र आत्मनिर्भर वन्ने आधार रहेको कुरा किसानहरु संग व्यक्त गर्नुभयो ।
    अहिले नेपाल राष्ट्रबैकको मौद्रिक नितिमा वैकहरुले १२ प्रतिशत लगानी कृषिकर्जा लगानी गर्नुपर्ने वाध्यकारी नियम भएकाले नेपालमा केहि गर्न चाहानेहरुलाई ठुलो अवसर रहेको जनाउदै गभर्नर नेपालले विदेशमा गएर युवा र उर्जाशिल समयको खर्च गर्नु भन्दा स्वदेशमा केहिगरे देश र आफ्नो लागी फाइदा हुने वताउनुभयो ।
    राष्ट्र वैकले ६ प्रतिशल व्याजमा वाटो नभएको जग्गाधितोमा पनि किसानलाई लगानी गर्ने वैकहरुलाई निर्देशन दिएको जनाउदै गभर्नर नेपालले स्वदेशमा नै व्यावसायीक कृषक वन्न कार्यक्रममा उस्थित रहेका किसानहरुलाई उत्साहित वनाउनुभएको थियो ।
    उहाले भन्नुभयो,‘ तपाईहरु बिदेश नजानुहोस यहि वसेर कृषिलाई आधुनिकिकरण र व्यावसायीकिकरण गरि देशलाई सम्पन्न वनाउनुपर्छ ।’
    अहिले कृषिका लागी सरकाले विभिन्न किसीमका सेवा सुविधा दिएकाले यो पेसालाई व्यावसायीक रुपमा अगाडी वढाए आर्थिक उर्पाजन र देश सम्पन्न हुने गभर्नर नेपालको भनाई रहेको छ ।
    पशु र वालिमा इन्सोरेन्स गर्न सरकारले सुविधा दिएको भन्दै गभर्नर नेपालले कृषिक्षेत्रमा लगानी गर्न चाहने युवाहरुले समेत अव अवसर पाएको वताउनुभयो ।
    गाइ कुखुरा बंगुर र खसी व्यावसायीमा युवाहरु आर्कशित भएको भन्दै नेपाल राष्ट्र वैंकका गभर्नर नेपालले जडिवुटी,माछापालन र तरकारी खेतीमा आर्कशित गर्न सरकारले निति नियममा सरलता अपनाउने वताउनुभयो ।
    गाउ नै गाउले भरिएको यो देशमा वैकहरु शहर केन्द्रित भएको वताउदै गभर्नर नेपालले लगानीको अभावमा गाउको बिकास नभएको जनाउनुभयो ।
    गाउमा कृषि र पशुपालन व्यावसायीक गर्न अव शिक्षित र प्राविधिक रुपमा योग्य युवाहरु लाग्न आवस्यक रहेको भन्दै गभर्नर नेपालले अवको नेपालको कृषि आधुनिकतामा फड्को मार्दै प्राविधिक र वैज्ञानिक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.