logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ट्राफिक गस्तीका लागी सवारी साधनको अभाव


    ५ चैत्र २०७२ , शुक्रबार

    ट्राफिक गस्तीका लागी सवारी साधनको अभाव

    कमल रायमाझी
    भैरहवा । सडक व्यवस्थापनको मुख्य जिम्मा पाएको रुपन्देही ट्राफिक प्रहरीलाई ट्राफिक गस्तीका लागी सवारी साधन नहुदा समस्या परेको छ ।
    पर्यटकिय र आर्थिक औद्योगिककरणको केन्द्र विन्दुमा रहेको जिल्लामा साधन स्रोतविना सडक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई पैदलगस्ती र सार्वजनिक सवारीको साहारा लिएर डिउटीमा खटिन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    दैनिक हजारौ सवारी साधनको व्यवस्थापन गर्ने जिम्मा पाएको रुपन्देही ट्राफिकलाई, गौतमबुद्ध  विमानस्थल ,लुम्बिनी र भैरहवा भन्सार कार्यालयको समेत सवारी सडक व्यवस्थापन गर्न समेत समस्या परेको  छ ।
    सरकारले दिएको १० वर्ष पुरानो जिप विग्रिए पछि यसको मर्मत आर्थिक अभावका कारण हुन नसके पछि दुर्घटना स्थलमा समयमा पुग्न नसक्नु ,घाइतेको समयमा नै अस्पलात पुराउन कठिनाई हुनका साथै दुर्घटनामा संलग्न सवारी साधन र  चालक फरार हुने जस्ता कामहरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको गुनासो रहेको छ ।
    विमानस्थल हुदै आउने विशिष्ट अथितिहरुको सडक गस्तीमा समेत सवारी साधनको अभावमा ट्राफिक प्रहरीले नेपाल प्रहरी लाई गुर्हान वाध्य भएको देखिन्छ ।
    विक्रम सम्वत २०४६ सालमा स्थापना भएको यो ट्राफिक प्रहरी कार्यालयमा हाल प्रहरी निरिक्षकको कमाण्डमा ३१ जना दरवन्दी कायम रहेको छ । यस कार्यालय अन्तरगत ७ वटा ट्राफिक पोस्टहरु रहे पनि  उचित जनशक्ति र साधनस्रोतको अभाव भने रहेको पाइन्छ ।

    व्यापारी प्रतिस्पर्धाको आर्थिक कोरिडोर र नेपालकै दोस्रो ठुलो भंसार कार्यालय रहेको जिल्लामा रहेको ट्राफिक प्रहरी संग सडक गस्तीका लागी सवारी साधन नहुनु दुःखद पक्ष भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले वताउनुभयो ।
    हुलाकी सडक,सिद्धार्थ राजमार्ग,महेन्द्र राजमार्गका केही भाग र स्थानिय सडकहरुको समेत सवारी साधन व्यवस्थापन गर्ने रुपन्देही ट्राफिक अहिले पैदल र अरुको साधनको सहयोग माग्न पर्नु सरकारको गैरजिम्मेवार पन रहेको उद्योग व्यापार संगठनका महासचिव नारायण भन्डारीले वताउनुभयो  ।
    जिल्लामा कच्ची,ग्राभेल र पिच  गरि कुल १९ सय ६६ किलो मिटर सडकमा हिडने सरदर दैनिक ४ हजार चारपाङग्रे तथा ठुला सवारीको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीमा साधन स्रोतको अभाव हुदा चाहे जस्तो काम गर्न नसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
    क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय वुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सवारी साधन मर्मत गर्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयमा मर्मत गर्न रकम माग गरेको वताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.