logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    एटिएमले भारुमा कालाबजारी


    ६ चैत्र २०७२ , शनिबार

    एटिएमले भारुमा कालाबजारी

    भैरहवा । सिमा क्ष्ँेत्रमा मौलाएको कालावजारी र तस्करीका कारण सर्बसाधरणहरु लाई  भारतिय रुपैया साटन समेत निकै महंगो मुल्य तिर्न बाध्य हुनुपरेका छ ।
    अहिले सिमाक्षेत्रमा मौलाइरहेको कालावजारी र तस्करी बढनाले भारतिय रुपैया निकै महंगो भएको सिमाक्षेत्रमा बसोवास गर्नेहरु बताउछन् ।
    रुपन्देहीको बेलहिया नाकामा भारतजाने यात्रुहरु लाई सटही काउन्टरहरुले समेत मंहगो मुल्यमा भारु बिक्रि गर्ने गरेको गुनासो आउने गरेका छन् ।
    नेपाल सरकारले भारु १ सय को नेपाली १ सय ६० रुपैया १५ पैसा तोके पनि अहिले सिमाक्षेत्रमा १ सय भारुको १ सय १५ देखी २० सम्म नेपाली रुपैया  तिरेर भारु खरिद गर्नु परेको छ ।
    भारतिय कलेजमा अध्यायन गर्न जान बेलहिया आइपुगेका पाल्पाका बिकास क्षेत्रीले निकै मंहगो मुल्यमा आफुले भारु खरिद गरेको भन्दै यसको नियन्त्रण हुनुपर्ने गुनासो राखेका छन् ।
    आफुले लिएको नेपाली रुपैयाले भारु साट्दा १ सय ८० रुपैया नेपालीको मात्र भारु एक सय रुपैया सटही काउन्टरहरुले दिएको भन्दै पाल्पाका क्षेत्रीले सिमा क्षेत्रमा निकै कालावजारी फस्टाएको बताए ।
    गोरखपुर उपचार गर्न जानलागेका भैरहवाका रमेश यादवले समेत मंहगोमा भारतिय रुपैया खरिद गर्न बाध्य भएको भन्दै सर्बसाधरण प्रति कालावजारीयाहरुले ठगिरहेको बताए ।
    नेपाल राष्ट्र बैकमा दर्ता भएका र सरकारी दायरा भित्र रहेका सटही काउन्टरहरुमा मात्र नभएर सिमाक्षेत्रमा भारु कालावजारी गर्ने  व्यक्तिहरुको समेत निकै बिगबिगि रहेको पाइन्छ ।
    भारु कालावजारी गर्नेहरुले अहिले नेपाली बैकहरुमा पैसा जम्मा गर्ने र गोरखपुर आसपासमा रहेका भारतिय बैकहरु बाट एटिएमको माध्याम बाट दैनिक लाखौ रुपैया भारु निकाली नेपाली सिमाक्षेत्रमा आई कालाबजारी गर्नेहरु प्रशस्त भेटिने गरेको व्यापारीहरुको गुनासो रहेको छ ।
    अहिले सिमा क्षेत्रमा रहेको कतिपय मानिसहरुले प्रति व्यक्ति ५ सय वटा समेत नेपाली बैकहरुको एटिएम बोकेको भेटिन्छन् । नेपाली एटिएमले कतिपय भारतयि बैकहरुको एटिएम सेवा संग सहकार्य हुनेहुनाले कालावजारी गर्नेहरुले यो अवशर लिनेगरेको सरोकारवालाहरु बताउछन् ।
    भारु कालावजारी गर्नेहरुले आफ्न्त र परिवारका सबै सदस्यको नेपाली बैकहरुमा खाता खोलि एटिएमको सुबिधा लिने र भारतिय बैकमा पुगेर भारु निकाली नेपाली बजारमा भारुको कालाबजारी गर्ने गरेको मनिचेन्जर सञ्चालकहरु बताउछन् ।
    भारुमा गिरोहनै सकृय भए पछि सिमाक्षेत्रमा बस्नेहरु उसैको फन्दामा पर्ने गरेको र मंहगो मुल्यमा भारु खरिद गर्न बाध्य भएका छन् ।
    सिमाक्षेत्रमा डिजेल,पेट्रोल,मटिट्तेल समेत भारतिय पेट्रोलपम्प बाट स्थानियहरुले ल्याउन परेपछि भारुको कारोवार फस्टाएको थियो भने अहिले भारतिय बजारमा किनमेलका लागी नेपालीहरुको चाप अत्याधिकरुपमा भएका कारण पनि सबैले भारु खोज्दा कालावजारी मौलाएको छ ।
    रुपन्देहीका सबै सिमा नाकाहरुमा भारत बाट नेपालमा चाहिने कपडा,खाध्यान्न,खानेतेल, सिमेन्ट,चामल र हार्डवेयरमा व्यापकरुपमा तस्करी भएकोछ । यसका लागी भारतिय बजारमा नेपाली रुपैया नचल्ने कारणले पनि भारुमा कालाबजारी भएको हो ।
    जिल्लाका मर्चवार,लुम्बिनी,भगवानपुर, बेलहिया, नाकाहरु अहिले तस्करको हातमा पुगेको छ । उनिहरुले तस्करगरि बिभिन्न समानहरु भैरहवाको गल्लामण्डी देखी बुटवलको राममन्दिर लाइन सम्म पुराउने गरेका छन् । व्यक्तिले ठुलो मात्रामा तस्कर गर्दा नगदमा कारोवार गर्नेहुनाले भारु कालावजारीले व्यापकता पाएको छ ।
    सस्थागतरुपमा व्यवसायीक गर्ने मनिचेन्जरहरु कालावजारी गर्नेहरुको बिगबिगीले गर्दा धरासाही हुन स्थितिमा पुगेको लुम्बिनी मनिचेन्जर संघले जनाएको छ ।संघले जिल्ला प्रशासन, घरेलु र नेपाल राष्ट्रबैकमा समेत भारु कालावजारी गर्नेहरुलाई नियन्त्रण गर्न भनि उजुरी दिए पनि सुनुवाइ नभएको भन्दै पुन ध्यानआर्कषण गराउने बताएको छ ।

    सिमाक्षेत्र बिशेषत भारु कालावजारीका कारण इमानदारी पुर्बक व्यवसायी सञ्चालन गरिरहका सटही काउन्टरहरुको समेत बदनामी कमाउनु परेकाले यसको नियन्त्रणमा सरकारी स्तर बाट कुनै पहल नभएको लुम्बिनी मनिचेन्जर संघका अध्यक्ष गोपाल भण्डारी बताउछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.