भैरहवा । प्रहरीका नियमित गस्ती हुने भैरहवाको नगरक्षेत्रमा चोरहरुको विगविगीले नगरवासीलाई त्रास श्रृजना गरेको छ ।
दैनिकजसो चोरहरुले नगरक्षेत्रमा चोरि कार्यलाई तिव्रता दिदा पनि प्रहरीले चोर समात्न नसकेको नगरवासीको गुनासो रहेको छ ।
अहिले भैरहवाको अञ्चलपुर, नयासडक, किसोरपुर, गल्लामण्डी, दुर्गा क्लोनी लगायतका क्षेत्रमा चोरी गर्नेहरुले निरन्तरता दिने गरेका छन् ।
चोरले विशेस गरि रातिको समयमा चोरी गर्ने गरेका प्रहरीले जनाएको छ ।
पुस महिनाको दोस्रो साता देखी माघको पहिलो साता सम्म भैरहवा क्षेत्रमा ५ दर्जन पसलहरुमा लाखौ मुल्यका समानहरु चोरी भएको प्रहरी रेकर्डमा देखिन्छ ।
चोरले मुख्यतया सटरको ताला फोडी ,घरमा कोहि नभएको मौकापारी झ्याल वाट भित्र छिरि चोरि गर्नेहरुले अहिले यो क्ष्ँेत्रमा विगविगिमा स्थानिय वासी त्रासमा रहेका छन् ।
चोरी भएका सबै क्षेत्र जिल्ला प्रहरी कार्यालयको ५० मिटर देखी १ सय ५० मिटरको नजिकको क्षेत्रमा पर्दछन भने वडा प्रहरी कार्यालय, प्रहरी विटहरुको छेउछाउमा रहेका छन् ।
जुन क्षेत्रमा २४ औ घण्टा प्रहरीको निगरानी र गस्ती हुने गरेको प्रहरीको भनाई छ ।
तर दैनिक जसो चोरि भैइरहनु र प्रहरीले नियन्त्रण गर्नु नसक्नु व्यापारीहरुको लागी चिन्ताको विषय बनेको देखिन्छ ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले प्रहरीको फिलतो शान्ति सुरक्षाका कारण व्यापारीका प्रतिष्ठानहरु असुरक्षित भएको जनाउदै दैनिक चोरीका घटना बढिरहेको जनाउनुभयो ।
उहाले भन्नुभयो,‘दर्जनौ ठाउमा चोरी हुदापनि चोर पक्रन रुपन्देही प्रहरी असफल भयो ।अहिले व्यापारी तथा उद्योगीहरु चोरको त्रासमा रहेकाले शान्ति सुरक्षामा समस्या परेको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले चोरि गर्ने बिरुद्ध प्रहरी अप्रेशन जारि रहेको भन्दै केहि पक्राउ परेको र अनुसन्धान जारि रहेको वताउनुभयो ।
चोरि नियन्त्रणमा रातिको समयमा १५ वटा प्रहरी गस्ती शिविल र युनिफर्ममा खटाइएको भन्दै प्रहरी उपरिक्ष गुरुङले प्रहरी जनताको सुरक्षामा सदैव चनाखो भएर काम गरिरहेको जनाउनुभयो ।
त्रिभुवन बिश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालका अनुसार– ‘चोरि हुनु सुरक्षा समयन्त्रमा अस्थिरता आउनु हो ।समाजमा वढदो वेरोजगार, भारतिय नाकावन्दी, धन आर्जन गर्न सोच्ने, महत्वकाक्षी भावना र अशिक्षाले समेत समाजलाई चोरि गर्ने वाटोतिर युवा शक्तिलाई प्रेरित गरेको हो । सुरक्षा निकायले चोरी तस्करी नियन्त्रणका लागी यस्ता तत्वहरुलाई निरुत्साहित गर्न नया सुरक्षा अप्रेशन गर्न आवस्यक रहेको छ । सिमाक्षेत्रमा भारतिय समेत चोरि गर्न आउने हुनाले यसको समाधानमा शुरक्षा निकाय चनाखो हुनु पर्दछ ।’