भैरहवा । सिदार्थ वालगृह लुम्बिनी रोड भैरहवामा रहेका अनाथ वालवालिकाहरुलाई सामाजिक क्षेत्रमा काम गरिरहेको लुम्बिनीखवर मिडिया क्लवले शनिवार खाध्यान्न सहयोग गरेको छ ।क्लवले अनाथहरुको लागी सहयोग उपलव्ध गराउदै भविष्यमा पनि निरन्तरता दिन प्रतिवद्धता गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक हेमन्त जोशीले अनाथ र असाहयका लागी सहयोग गर्ने उद्धेश्यले स्थापना भएको आफ्नो क्लवले अन्य क्षेत्रमा रहेका अनाथलय र वृद्धाहरुलाई सहयोग निरन्तररुपमा गर्दै जाने भन्दै प्रत्येक नेपाली नागरिकले सहयोग र सामाजिक भावनामा प्ररेरित हुनुपर्ने वताए ।कार्यक्रममा स्थानिय प्रहरी विटका प्रमुख शंसेर गैरेले सामाजिक क्षेत्रमा लाग्ने व्यक्तिले पहिचान गरेर सहयोग लिने र दिने गर्नु पर्ने भन्दै व्यक्तिगत स्वार्थमा सामाजिक संघ सस्था खोल्न नहुने वताए ।
स्थानिय युवाहरु चन्द्र पन्थ र देवन्त राज जोशीको सहभागीता रहेको कार्यक्रममा वालगृहकी सञ्चालीका कृष्णमाया गुरुङलाई खाध्यान्न हस्तान्तरण गरिएको थियो ।
९ जना वालिका र २० जना वालक आश्रीत यो वाल गृहमा जम्मा २९ जना अनाथहरु रहेका छन् ।
स्थानिय र विभिन्न संघ सस्थाको सहयोगमा यो वालगृह चलिरहेको छ ।