logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    एलओडिसी को तालिम तथा प्रशिक्षण


    १६ चैत्र २०७२ , मंगलबार

    एलओडिसी को तालिम तथा प्रशिक्षण

    भैरहवा,चैत १६ गते । गाविसहरुमा रहेका वडा नागरिक मञ्चका संयोजक र नागरिक सचेतना केन्द्रका सदस्यहरुलाई पाल्पामा रहेको एलओडिसी नामक एक गैरसरकारी सस्थाले विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरेको छ ।
    संस्थाले गाविसहरुमा पुगेर नागरिक वडापत्रको जानाकारी,जनताको गुनासो सुनाई कार्यक्रमहरु र स्थानिय निकाय संग नागरिकको हुनु पर्ने सम्वन्धको वारेका तालिम तथा प्रशिक्षण दिने गरेको हो ।
    यस्तै कार्यक्रम मंगलवार सस्थाले पश्चिम पाल्पाको वल्ढेङगढी गाविसमा पनि आयोजना गरि गाविसका वडानागरिक मञ्चका अध्यक्ष र नागरिक सचेतनाका सदस्यहरुलाई तालिम तथा प्रशिक्षण दिएको वल्ढेङगढी गाविसको कार्यालयले जानाकारी दिएको छ ।
    ९ वटा वडानागरिक मञ्चका ९ जना संयोजक तथा ३६ जना नागरिक सचेतना केन्द्रका सदस्यहरु र स्थानिय अगुवाहरुको सहभागिता रहेको थियो ।
    गाविस सचिव हुमवहादुर कुवरको अध्यक्षता,एलओडिपी का संयोजक ठाकुर लोहारगुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.