ईरफान वारिस
यूवा व्यवसायी
वि.स २०३७ साल कार्तिक २० गते बुबा सेराज अहमद खा“ र आमा अनवारुन निशाको कोखबाट जन्म लिनुभएका ईरफान वारिस सि.न.पा–१, बेलहियाका स्थायी बासिन्दा हुन् । शिक्ष्ाँमा गणित विषयमा एम.एससी गर्नुभएका वारिस ,वारिस अटोमोबाईल्सका मैनेजिङ डाईरेक्टर, वारिस मनिएक्सचेञ्ज तथा कम्युनिकेशन नेपालका प्रोपाईटर समेत रहेका छन् । व्यवसायिक कार्यसगै वारिस भैरहवा बहुमुखी क्याम्पसमा प्राध्यापनरत पनि रहेका छन् । स्वेदेशमै रहेर पनि सफलता हासिल गर्न सकिन्छ भन्ने विचारका वारिसको विभिन्न सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रियता रहेको छ । उनै सिर्जनशील वारिससग लुम्बिनीखबरको लागि गरिएको कुराकानीको केही अंश
आजभोली के गर्दै हुनुहुन्छ ?
–दिनचर्याको शुरुवात भैरहवा बहुमुखी
क्याम्पसमा प्राध्यापन गर्दै दिउ“सोको
व्यवसायिक भागदौडमा रमाउनुको साथसाथै
सगसगै सामाजिक क्रियाकलापमा व्यस्त रहने
प्रयासमा लागिरहेको छु ।
व्यवसाय र शिक्ष्ँण पेशालाई कसरी
संयोजन गर्नुहुन्छ ?
–ईच्छाशक्ति छ भने संयोजन गर्नु
कुनै गाह्रो कुरा होईन जस्तो मलाई लाग्छ ।
समयको सही उपयोग र कार्यविभाजनले मै
ले सजिलै आफ्नो दुवै पेशालाई संयोजन
गर्दै, विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि
सक्रियता बढाउन सकिरहेको छु ।
वार्षिक सालाखाला आम्दानी कति
गर्नुहुन्छ ?
–कति आम्दानी गर्छु भन्दा पनि मलाई
आफुले पुग्ने, आफ्नो परिवारलाई पाल्ने
र आफ्नो स्टेन्डर्डलाई मेन्टेन गर्ने जतिको
आम्दानी गर्छु र पैसा भन्दा आत्म सन्तुष्टि
कतिमा हुन्छ भन्ने कुरा मुख्य हो र म आफ्नो
आम्दानीमा पूर्ण सन्तुष्ट छु ।
अधिकांश पढेलेखेका युवाहरु
राम्रँे अवसरको खोजी गर्ने भन्दै
विदेशीईरहेका छन् । यहा त यही
जम्नुभयो, साथीहरु जस्तै बाहिर
जाने रहर जागेन ?
–वास्तवमा बाहिर देशमा भएर कमाउ
भन्ने ईच्छा मेरो कहिले पनि जागेन । अरुको
देशमा अर्काको अधीनमा रहेर काम गर्नुभन्दा
आफ्नै देशमा काम गर्छु भन्ने मेरो शुरु
देखिको विचार रहेको छ र म जस्तै अरु युवा
साथीहरुलाई पनि आफ्नै देशमा काम गर्न
सुझाव दिन चाहन्छु ।
यहालाई विदेशीएका साथीहरु
भन्दा यही“ धेरै कमाए जस्तो भयो ?
–एकदमै धेरै कमाएछु मैले साझ बिहान
आफ्ना वृद्ध आमा–बुबाको आखा अगाडि
भएर उहाहरुको सुख दुखमा साथ दिई जुन
सन्तुष्टि पाएको छु, त्यो विदेशबाट कमाएको
डलर भन्दा धेरै मुल्यवान छ । आफ्नो देशमा
काम गरी देशको विकासमा एक थोपा बर
ाबरको सहयोग गर्न सके भने मैले आफूलाई
भँग्यमानी महशुस गर्छु ।
धेरैले नेपालमा वातावरण नै छै
न भन्छन् हो त ?
–देशमा राजनीतिक स्थिरता नभएकोले
यो कुरालाई नजर अन्दाज गर्न सकिन्न तर
समस्यालाई चिरेर वातावरण बनाउने मान्छे
त हामी नै होईन र ? यहा“ हामी नै नभईदिए
वातावरण कसले बनाईदिन्छ त ? तसर्थ
हामीले आफ्नो ईच्छाशक्तिलाई बलियो बनाई
आफ्नै देशमा वातावरणको सृजना गर्नुपर्दछ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
–हाम्रो देशमा चलिरहेको राजनीतिक
द्धन्द्धको चा“डै अन्त्य होस भन्ने कामनाका
साथ मलाई मेरो विचार व्यक्त गर्ने अवसर
दिनुभएकोले लुम्बिनीखबरको सम्पूर्ण
टीमलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।