logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लु चलेको बेला कफी, चिया नखाऔँ


    ३० चैत्र २०७२ , मंगलबार

    लु चलेको बेला कफी, चिया नखाऔँ

    डा. गौरव देवकोटा
                 मेडिकल अधिकृत,
            भीम अस्पताल भैरहवा

    डा. देवकोटा तराईमा अहिले लू चलिरहेको छ । यसबाट धेरै मानिसहरु प्रभावित छन् । यसबाट बच्ने उपायहरु के छन ?
    -लू भनेको आफैमा रोग होइन । यो विभिन्न रोग लाग्न वातवरण सृजना गर्ने पश्चिमी तर्फबाट गृष्म याममा प्रायःजसो दिउंसो चल्ने तातो हावा हो । यस्तो बेला सकेसम्म घरभित्रै बस्ने । अत्य आवश्यक काम छ भने, घामको ताप कम भएको बेला बाहिर निस्कने गर्नुपर्दछ । बाहिर निस्कनै परे खुल्ला, सेतो तथा हल्का रंगका कपडा लगाउने, सूतीको कपडा लगाउने, पानी तथा फलफूलका रस र तरकारीको रस बढी खाने गर्नुपर्दछ ।  लू चलेको बेला कफी चिया तथा शरिरमा पानीको मात्रा कम गराउने पदार्थ खानु हँुदैंन ।
    लू लागेको कसरी थाहा हुन्छ ?
    -लू भनेको तातो हावा हो । यस्तो तातो हावा अधिक समय सम्म लागी मानिसलाई प्रभावित गर्छ जसले मानिसको शरिरमा पानीको कमी गराई विभिन्न लक्षणहरुका साथ लाग्ने रोग हिट स्ट्रोक हो ।  लू विशेषतः मे र जुनमा बढी चल्ने गर्दछ ।
    हिट स्ट्रोकका लक्षणहरु के के हुन ?
    -सामान्य टाउको दुख्ने देखी लिएर चक्कर लाग्ने, रिंगटा लाग्ने, वाकवाक हुने, थकान महसुस हुने, बेहोसी हुने, छाला रातो तातो र सुख्खा पनि हुने गर्दछ । यसैगरी लू लागेमा पसिना नआउने, मुटुको चाल बढ्ने, श्वास फेर्न गाह्रो पनि हुने गर्दछ ।
    यस्तो लक्षण देखियो भने मानिसले शुरुमा के गर्नुपर्छ ?
    -गर्मी ठाउँ छोडेर शितल छहारीमा बस्ने, पंखा तथा भेन्टीलेशन एवं एसी रुममा बस्ने, प्रशस्त मात्रामा पानी र फलफुलको रस खाने, लस्सी खाने, आराम गर्ने, आइसहरु खुट्टा र हातको काखीहरुमा राख्ने गर्नुपर्दछ । बाहिर निस्कदा सन स्क्रीन लगाएर मात्रै निस्कने गर्नुपर्दछ ।
    कस्तो अवस्थामा अस्पताल जाने ?
    -शरिरको तापक्रम १०५ डिग्री फरेनहाइट भन्दा माथि भएमा , बेहोसी र बारम्बार मुर्छा पर्ने गरेमा तत्काल नजिकको अस्पताल जानु वा पु¥याउनु पर्दछ । यसै हप्ता लू को कारण भारतमा करिब सयौं मानिसको मृत्यु भएको खबर आएको छ । नेपालमा पनि वर्षेनी लू को कारण दर्जनौ मानिसहरुको ज्यान जाने गरेको छ । तर खुसीको कुरा अहिले सम्म त्यस्तो विपत्ति त भएको छैन । त्यसैले लू बाट बच्न सकेसम्म दिउंसो खूल्ला बाटोमा, सूर्यको किरणमा नपर्दा राम्रो हुन्छ ।
    रुपन्देही पनि तराईको जिल्ला हो । यहां कार्यरत जिल्ला अस्पताल भिम अस्पतालमा अहिले गर्मीको कारण कत्तिको विरामी आउने गर्दछन् ?
    -सामन्यतया भीम अस्पतालमा गर्मी सिजनमा दैनिक डेढ सय विरामी नियमीत चेंकजाँचको लागी आउने गर्दछन् । जुन जाडो समयको भन्दा दूई गुना बढी छ । अहिले लू चलेको कारण त्यो सामन्य संख्या भन्दा बढेको छ । भीम अस्पताल भैरहवामा म सहित ८ जनाले चिकीत्सीय सेवा प्रदान गरिरहेका छौं । अहिले अस्पताले आफ्नो सेवामा पनि विशिष्टीकरण पनि गरिरहेको छ ।
    यहाँ अस्पतालमा कहिलेकाही निमित्त मेडीकल सुपरीटेन्डेन्ट पनि सम्हाल्ने गर्नुहुन्छ ? भीम अस्पतालले अहिले के कस्तो सेवा दिएको छ । यहाँहरुले प्रदान गर्ने सेवाबाट सेवाग्राही कत्तिको सन्तुष्ट भएको यहाँले पाउनु भएको छ ?
    -भीम अस्पतालले अहिले नियमीत रुपमा इमरजेन्सी, ओपीडि, जनरल र प्रसुति इन्डोर, माइनर ओटी, एक्सरे र ल्याब सेवा, खोप तथा गर्भवति परिक्षण, विभिन्न औषधी वितरण, पोस्टमार्टम हुदैं यसै हप्तादेखी प्रसूति विभाग तर्फ अपरेशन गरी बच्चा जन्माउने सिजरींयन सेक्शनबाट पनि सेवा शुरु भएको छ । यसको अतिरीक्त भईपरि आउने विभिन्न चिकीत्सीय सेवा पनि प्रदान गरिदैं आएको छ । हामीलाई विश्वास छ, हाम्रो अस्पतालको सेवाबाट सन्तुष्ट नै रहेको हामीले विश्वास लिएका छौं ।
    रुपन्देही जिल्ला अस्पतालहरुको प्रतिसपर्धा भएको जिल्ला हो । यस्तो जिल्लामा सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन के गर्नुपर्ला यहां एउटा चिकीत्सकको हिसाबले सल्लाह दिनुस न ?
    -सबैभन्दा पहिले चिकीत्सक र सेवाग्राही मैत्री बातवरण सृजना गर्नुपर्दछ । दोस्रो सरकारी अस्पतालको भौतिक र यान्त्रीक पक्ष सबल हुनुपर्दछ । तेस्रो आम जनमानसमा सरकारी अस्पतालप्रति विश्वास जगाउनु जरुरीछ । सरकारी अस्पतालमा सेवारत चिकीत्सकहरु योग्य र दक्ष हुँदाहुँदै पनि आम जनमानसले सशंकित तरिकाले हेर्ने गरेको पाइएको छ । यसलाई हटाउन राज्यले नीतिगत रुपमै विभिन्न योजना ल्याउनुपर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.