logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    तत्काल ओली नेतृत्वको सरकारको विकल्प छैनः सरकार प्रवक्ता राई


    ३० चैत्र २०७२ , मंगलबार

    तत्काल ओली नेतृत्वको सरकारको विकल्प छैनः सरकार प्रवक्ता राई

    नरेश के.सी.

    भैरहवा, चैत्र ३० । नेपाल सरकारका प्रवक्ता , सूचना तथा सञ्चार मन्त्री शेरधन राईले के.पी ओली नेतृत्वको तत्काल बिकल्प खोज्ने बेला नभएको बताएका छन् ।
    IMG_5165
    प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले भने “सत्ताको भोखमा रन्थनिएकाहरु, देशमा अशान्ति र अराजकता चाहनेहरु, संविधानको कार्यान्वयनमा असफलता चाहनेहरु र देशलाई अधोगति तर्फ लैजान खोज्ने तत्वले सरकार परिवर्तनको कुरा निकालिरहेका छन् । यो अहिलेको समयको माग होइन । ”

    IMG_5157

    प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षता, कोषाध्यक्ष नरेश के.सीको सन्चालन, केन्द्रिय सदस्य भरत के.सी, एमाले नेताहरु हितराज पन्थि, भरत पोखरेल, जिवलाल अर्याल, सरकारको न्यूत्तम पारिश्रमीक निर्धारण समितीका सदस्य दीपक ज्ञवालीको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममलाई सम्बोधन गर्दै एमाले पोलिट ब्युरो सदस्य समेत रहेका मन्त्री राइले सरकारले मधेस केन्द्रीत दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससंग वार्ता र सम्बाद गर्दै असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडी बढ्ने पनि जनाए ।
    IMG_5166
    सरकारका प्रवक्ता राइले बन्द हड्तालन र नाकाबन्दी जस्तो कठीन परिस्थीतिकाबीच गठन भएको  केपी ओली नेत्तृवको सरकारको ६ महिने कार्यकाल पुर्णता सफल भएको विभिन्न उदाहरण पेश गर्दै प्रधानमन्त्री ओलीद्वारा भएको दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनको भ्रमण ऐतिहासिक तथा उपलब्धिमूलक भएको पनि बताए । प्रवक्ता राईले भने “दुई छिमेकी देशको भ्रमणले छिमेकमा संविधानको विषयमा फैलाइएको भ्रमलाई प्रस्टाउन सफल भयो भने अर्कोतिर छिमेकी राष्ट्रको यो सरकारप्रति सधैं सहयोग र साथ रहेको प्रतिबद्धता पनि दोहोरीयो । “ उनले सरकारको ६ महिने सफलताको कामको बारेमा प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ जनताको नाममा राष्ट्रिय सम्बोधन मार्फत प्रकाश पार्ने पनि जनाए ।

    सन्चारमन्त्री राईले अगामी आर्थिक वर्षको बजेट पत्रकार र सन्चार क्षेत्रकोलागी पनि उदारमुखी हुने बताए । मन्त्री राइले भने “ आगमी बजेटमा बरिष्ठ पत्रकार र पत्रकारिता क्षेत्रमा जीवन विताएका अग्रजहरुको जीवन वृत्तिकोलागी विशेष व्यवस्था गरिनेछ । त्यसकोलागी आम सन्चार नीति मार्फत सम्बोधन गर्ने तयारी भईरहेको छ । ”
    IMG_5174
    उनले इतिहासमै पहिलो पटक बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन गइरहेको जनाउदैं  श्रमजीवी पत्रकारिता ऐन अन्र्तगत पत्रकारलाई तलब तथा सुविधा दिनै पर्ने वातवरण सरकारले सृजना गर्न थालेको पनि दाबी गरे । मन्त्री राईले अनलाईन मिडीयाहरुको व्यवस्थापन जरुरी रहेको जनाउदैं त्यस तर्फ पनि सरकारले गृहकार्य शुरु गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.