logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    राष्ट्र सेविका नेपालको दीप प्रजलन


    १ बैशाख २०७३ , बुधबार

    राष्ट्र सेविका नेपालको दीप प्रजलन

    सावित्रा घिमिरे
    भैरहवा,बैशाख । राष्ट्र सेविका नेपाल रुपन्देहीले मंगलवार साझ भैरहवाको बुद्धचोक परिशरमा दिप प्रजलन  गरेको छ ।
    दीप प्रजलन गर्दै सो सस्थाले आउदै गरेको नया वर्षलाई स्वागत तथा शुभकामना आदान प्रदान समेत गरेको हो ।
    प्रत्येक वर्ष गरिने यो कार्यक्रम नया वर्षको पूर्व सध्यामा गर्ने गरिएको सस्थाकी केन्द्रीय अध्यक्ष लक्ष्मी शर्माले वताइन् ।
    जिल्लाकी अध्यक्ष उषाकिरण गुरुङको अध्यक्षता तथा इच्छा शर्मा स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
    प्रमुख अथिती वरिष्ठ साहित्यकार गंगा लिगलले नारी उत्थानका लागी यो सस्था एकजुट भएर चुलो चौकामा सिमित भएका महिलालाई अवशरको निम्ति अग्रसर गराउने प्लेट फर्म भएको वतँइकी थिइन ।
    कार्यक्रममा ब्रमाकुमारी ईश्वरीय विश्वविद्यालय वाट सुमित्रा ,प्राज्ञीक विद्यार्थीका रुपन्देही अध्यक्ष क्षितराज न्यौपाने ,राधे परिवारकी अध्यक्ष भीमा खनाल लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा राष्ट्र सेविका नेपालकी केन्द्रीय उपाध्यक्ष सुभद्रा पौड्ल , सिता काफ्ले ,मन्जु के.सी.ले राष्ट्र र राष्ट्रियता झल्काउने गीत तथा कविता सुनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.