डाक्टर आलोक जैशवाल
नियमित चेकजाच नगर्ने र समस्या परे पछि अस्पताल पुग्ने वानीका कारण नेपालीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउने गरेको दन्त विशेषज्ञ डाक्टर आलोक जैसवाल वताउछन् ।स्वास्थ्यको नियमितरुपमा चेकअप गराउनेहरुलाई जटिल समस्या नआउदै उपचार गर्न सकिने भन्दै डाक्टर जैसवालले अन्तिम अवस्थामा पुगेको रोग लिएर आउदा डाक्टरले पनि विरामीको समस्या समाधान गर्न ग्राहो हुने अनुभव रहेको वताए ।सिद्धार्थनगर नगरपालिका वडा नम्वर ३ मा वुवा प्रितमलाल जैसवाल र आमा मनदेवि जैशवालका दुइ छोरा मध्यका जेठा छोरा डाक्टर आलोक जैसवालको पारिवारिक पृष्ठभुमी व्यापार भए पनि यिनले समाज सेवामा लाग्ने सोचका साथ डाक्टरी पेशा अगाल्न पुगेका छन् ।विगत १० वर्षदेखी जन्मस्थानलाई नै कर्मस्थान वनाएर अगाडी वढिरहेका यि डाक्टर जैसवालले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट विडिएस र चिन वाट एमडिएस अध्यायन पुरा गरेका हुन ।जनसेवामा तल्लीन यी डाक्टर अहिले दन्त विरामीहरुको दुखाईमा मलम लाउन व्यस्त देखिन्छन् ।
केडिया डेन्टल कलेज विरगञ्जमा सहप्रध्यापक रहि अध्यापन पेशामा संलगन डा. आलोक युनिर्भशल मेडिकल कलेज भैरहवाका पुर्व लेक्चरल हुन ।
कान्तिपुर डेन्टल अस्पताल वुटवल र डक्टरस डेन्टल क्लिनिक भैरहवामा समेत कार्यरत रहेका विरामी सेवक डाक्टर आलोक जैशवाल संग लुम्बिनीखवर अनलाईन पत्रिकाका लागी पत्रकार कमल रायमाझीले लिएको अन्तरवार्ता
दन्तरोग भन्नाले के हो ?
दन्तरोग भन्नाले दात सम्वन्धी रोगहरुलाई वुझाउछ । यो रोग मुख्यतया दात किराले खायो भने लाग्छ । दात सम्वन्धी विभिन्न समस्याहरु आउने गर्दछन् । जुन सवै दात सम्वन्धी रोग हुन ।
दातमा मुख्यतया कस्ता समस्याहरु आउने गर्दछन् ?
दन्त चिकित्सकले दन्त सेवा भित्र रहेर विभिन्न समस्याहरुको विषयमा अध्यायन गरेका हुन्छन् । यि सवै दन्त रोग भित्र पर्दछन् । जस्तै गिजा,जिव्रो, च्यापु, दात लगाएत सवैलाई वुझाउछ ।
कस्ता समस्या लिएर दन्त विरामीहरु यहा कार्यरत क्लिनिकमा आउने गर्दछन् ?
हामी कहामा मुख्यतया दातमा किरा लागेर दुःखन सुरु भए पछि विरामी आउने गरेका छन् । यसको अलवा गिजाको समस्या भएर पनि विरामी हामीको आउछन् । हर्सा, च्यापु,दात सिरिङ हुने लगाएतका समस्या भएकाहरुको समेत अस्पताल आउने गरेका छन् ।
दातमा समस्या देखिए के गर्न सकिन्छ ?
दातको रोग भन्नाले मुख गनाउने, गिजा सुन्निने,पिप आउने,दात किराले खाने सवै दन्तरोग चिकित्सकको कार्यक्षेत्र भित्र पर्दछ । यस्ता समस्याहरुको निराकरणको लागी पहिलो कुरात समस्या आउने वित्तिकै अस्पताल चेकअप र उपचारका लागी जानुपर्दछ । अनि पहिलो चरणमा पुग्ने प्रयास गर्नुपर्दछ । समयमा नै उपचार भएमा पुरानो स्थितिमा विरामी फर्किन सक्दछ । तर प्राय नेपालीहरु विरामी भएको अन्तिम अवस्था पुगे पछि मात्र अस्पताल पुग्ने प्रचलन हुदा उपचार सहज रुप गर्न सकिदैन् ।
दातको समस्या आउने वित्तिकै अस्पताल पुगेमा उपचार पछि निको हुन्छ । अन्तिम अवस्थामा पुगे दुखाई कम गर्न सकिएला तथा पुरानो स्थितीमा फर्काउन सकिदैन ।
दातमा कस्ता समस्याहरु आउने गर्दछ र यसको उपचार पद्धती कसरी हुन्छ ?
दातमा हुने समस्याको वारेमा मैले अगाडी नै वताइसके यसको उपचार रोग हेरिकन हुन्छ । हाम्रो उद्धेश्य समस्या भए पछि उपचार भन्दा समस्या आउन नदिनु हो । नियमित दातको चेकजाच गर्नुहोस । यहाले चिसो,तातो, अमिलो ,तरल पर्दाथ खादा दात सिरिङग भयो भने दातमा समस्या छ भन्ने वुझनु पर्दछ र उपचारमा लाग्नु पर्दछ ।
धुव्रपान र सुर्तिजन्य पर्दाथका कारण दातका विरामी वढाएको भनिन्छ नि ?
यो सत्य कुरा हो । पान, गुडका, सुपारी र सुर्ति सेवनले दातका विरामी वढाए हुन्छ ।यसले पछि क्यान्सर पनि हुन सक्छ ।
दातमा रोग लाग्नै नदिन के गर्न आवस्यक रहेको छ ?
मुख्यतया नियमित चेकजाच गर्नु पर्दछ । प्रत्येक मानिसले वर्षको दुई पटक ६ ।६ महिनामा दातको चेकजाच गर्नु पर्दछ । यो अवस्थामा दातमा रोग लाग्ने सम्भावना कम रहन्छ ।
दातको समग्रमा सुरक्षा कसरी गर्न सकिन्छ ?
मानिसले नियमितरुपमा दैनिक दुइ पटक व्रस गर्नु पर्दछ । अस्पताल पुगेर दात सफा गराई राख्नु पर्दछ । दात सिरिङ गरेयो या मुख गनायो भने मनतातो नुनपानीले कुल्ला गर्नु पर्दछ ।
व्रस गर्दा फ्लोराईडयुक्त मन्जनले दात सफा गर्नु पर्दछ ।
मानिसहरुमा सास गनाउने समस्या समेत पाइन्छ । यो कसरी समाधान गर्न सकिन्छ ?
मुख्यतया दात किराले खाएको भए, हर्सा ,दातमा फोहोर जमेको भए र पेटको समस्याले सास गनाउने गर्दछ । यसका लागी सर्वप्रथमत कुन कारणले सास गनाएको छ पत्तालगाउनु पर्दछ । अनि उपचारमा लाग्नु पर्दछ ।