कमल रायमाझी
भैरहवा, ५ चैत । रुपन्देहीका विद्यालयहरुले आइतवार ‘निशुल्क पाठ्यपुस्तक वितरण दिवश’ मनाएका छन् ।
नेपाल सरकारले वैशाख ५ लाई ‘निशुल्क पाठ्यपुस्तक वितरण दिवश’ मनाउने निर्णय गरे वमोजिम विद्यालयहरुले यो दिवश मनाएका हुन ।
‘हामी सवैको इच्छा सर्वशुलभ विद्यालय शिक्षा’ भन्ने मुल नाराका साथ मनाइएको यो दिवशमा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुलाई निशुल्क रुपमा पाठ्यपुस्तक वितरण गरिएको थियो ।
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापाले आफु मातहतका सवै विद्यालयलाई दिवश उपलव्धीमुलक वनाउन निर्देशन दिएको वताउदै केहि स्कुलमा आफै सहभागिता समेत जनाएको वताए ।
विद्यार्थीहरुलाई सकारात्मक तरिकाले अध्यापन गराउन आवस्यक रहेको भन्दै जिल्ला शिक्षा अधिकारी थापाले ‘निशुल्क पाठ्यपुस्तक वितरण दिवश’ मनाउन भैरहवाको भानु माध्यामीक विद्यालयमा उपस्थित विद्यार्थीहरुलाई कविता मार्फत मनोरञ्जनात्मक मन्तव्य राखेका थिए ।
‘शिक्षाको ज्योति घरघरमा फिजाई,झलमल पार्छौ नेपाल सिगारी’ भन्ने वोलको सन्देशमुलक गित गाउदै जिल्ला शिक्षा अधिकारी थापाले विद्यार्थीहरुलाई समेत नचाएको थिए ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले वैशाख ५ गते देखी १४ सम्म स्कुल भर्ना र १५ देखी २८ सम्म विद्यार्थी भर्ना घरदैलो कार्यक्रम गर्ने सहायक जिल्ला शिक्षा अधिकारी मनोज गैरे वताए ।
भानुमावीमा आयोजित कार्यक्रममा सहभागिता जनाउन पुगेका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समन्नय समितिका अध्यक्ष युवराज सुवेदीले शिक्षाको पहुच सवैक्षेत्रमा हुन आवस्यक रहेको जनाउदै यो शर्वसुलभ हुनुपर्ने वताए थिए ।
जिल्ला भरिका ७ सय ६३ वटा विद्यालयहरुमा ‘निशुल्क पाठ्यपुस्तक वितरण दिवश’ मनाउन पुगेका विद्यार्थीहरु, शिक्षक र कर्मचारीहरुमा पनि सकारात्मक सोचका साथ उत्साह थपिएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।