logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सवैको जित गराउदै सेलर्ड


    ८ बैशाख २०७३ , बुधबार

    सवैको जित गराउदै सेलर्ड

    13015137_1006793346034538_2352512767526561837_n

    भैरहवा, ८ बैशाख । रुपन्देहीका स्थानिय स्तरमा रहेका विवादहरु मिलाउन सामुदायिक मेल मिलाप केन्द्रहरुले महत्वपूर्ण भुमिका खेलेको छ ।
    कानून अन्वेषण तथा श्रोत बिकास केन्द्र (सेलर्ड)ले भैरहवामा आयोजना गरेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय स्तरमा रहेका सामान्य झै झगडा, जग्गा सम्बन्धि विवाद लगायत अन्य विवादहरु मिलाउन सहयोग गरेको बताएका हुन । सेलर्ड अन्र्तगत रुपन्देहीका बिभिन्न गाविस तथा नगरपालिकाहरुमा स्थापना भएको सामुदायिक मेलमिलाप केन्द्रहरुमा आएका अधिकांश विवादहरुमा दुवै पक्षलाई जिताएर पठाउने गरिएको उनिहरुले बताए । धकधई गाविसका सचिव खगराज उपाध्यायले सेलर्ड अन्र्तगत स्थापना भएको मेमिलाप केन्द्रले प्रहरी र अन्य न्यायिक निकायको कार्यबोझ घटाएको बताए । स्थानिय स्तरमा रहेका समस्याहरु न्यायिक निकायमा जाँदा अनावश्याक समय खर्च हुने भएकोले यसलाई श्रोत सम्पन्न बनाई अझै प्रभावकारी ढङ्गबाट लैजानु पर्ने बताए ।
    सर्च फर कमन ग्राउण्ड, युके एडको सहयोग र जिल्ला विकास समितिको कार्यालय रुपन्देहीको समन्वयमा भैरहवामा आयोजना भएको सामुदायिक मेलमिलाप सम्बन्धि जिल्ला स्तरिय अन्र्तक्रिया कार्यक्रममा बोल्दै सुर्यपुरा गाविसका सचिवले सम्बन्ध बिच्छेदको लागी तयारी अवश्थामा रहेका पक्षहरु बिच पनि मेलमिलाप गराई उदाहरणिय काम भएको बताए । दैनिक रुपमा साना तिना झै झगडाहरु आउने गरेको र उनिहरुलाई मिलाएर पठाउने गरिएको उनले बताए ।
    सेलर्ड रुपन्देहीद्धारा गरिव र सीमान्तकृत समुदायको सबलीकरणबाट सुरक्षा र न्यायमा पहुँच स्थापना परियोजना अन्तरगत कार्यक्रम संचालन भएका गाविस र नगरपालीकामा मेलमिलापका काम हुने गरेको छ । सन् २०१५ अक्टोबर देखि सन् २०१६ मार्च सम्म धकधई, गोनाह, दयानगर, रुद्रपुर, सूर्यपुरा गाविस र देवदह, सिद्धार्थनगर नपा र बुटवल उपमहानगरपालीकाका सामुदायिक मेलमिलाप केन्द्रमा जम्मा २ सय ५ वटा विवाद दर्ता भएको सेलर्डको जिल्ला संयोजक सावित्री सापकोटाले बताईन । जसमध्ये १ सय ६८ विवादहरु मेलमिलाप प्रक्रियाद्धारा समाधान भएका र बाकी प्रक्रियामा रहेका उनले बताईन ।
    सबैभन्दा बढी विवादहरु सूर्यपुरा गाविस र सिद्धार्थनगर, देवदह नगरपालीकामा पाइएको सापकोटाले बताईन । घरेलु हिंसा तथा घरायसी विवाद, जग्गा सम्बन्धि विवाद, अंशवण्डा, फोहोरमैला ब्यवस्थापन, लेनदेन र छिमेकी विवाद जस्ता विषयहरुमा भएका विवादहरु मेलमिलाप केन्द्रमा आउने गरेको सापकोटाको भनाई छ । यसै गरि निशुल्क कानुनी सहायतातर्फ २५ जना महिला, बालबालीका र जेष्ठ नागरिकहरुलाई सेवा प्रदान गरिएको उनले बताईन ।
    स्थानिय बिकास अधिकारी युवराज सुवदीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङ्ग, जिल्ला न्याधिवक्ता कुल प्रसाद पाण्डे, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार खिमानन्द पाण्डे, सिद्धार्थ नगर नगर पालिकाका कार्यकारी अधिकृत बिष्णु दत्त गौतम, मालपोत अधिकृत राधेश्याम शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत बनारसी हरिजन, नेपाल बार एशोसिएसनका अध्यक्ष जगत रायमझी, महिला तथा बालबालिका कार्यालयकी रमा अर्याल, अधिवक्ता लोकनाथ पन्थी, सर्च फर कमन ग्राउण्डका क्षेत्रिय ब्यावस्थापकले बोल्दै सामुदायिक मेलमिलाप केन्द्रहरुले न्यायिक क्षेत्रको कार्यबोझ कम गर्न सहयोग गरेको बताए । जिल्ला प्रशिक्षक राधा अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.