बैशाख, ९ भैरहवा । कृषि विकास मन्त्रालयले रुपन्देही जिल्लामा कृषकको समस्या समाधान गर्न लागि किसान कल सेन्टरको स्थापना गरेको छ । विश्व बैंकको आर्थिक सहयोगमा मन्त्रालयले साथै हाम्रो कृषि मोबाइल नामक एप्स, कृषि मौसम सल्लाह सेवा बुलेटिन तथा एसएमएस सेवा पनि संचालनमा ल्याएको छ ।
एसएमएस सेवा प्रणाली मार्फत कृषकले घरमै बसेर मोबाइल एसएमएसबाट मौसम र कृषि सम्बन्धी जानकारी लिएर समयमै मल व्यवस्थापन, सिचाई, बाली विरुवामा लाग्ने किरा र तिनको रोकथाम लगायत विषयमा सहज जानकारी लिन सक्ने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले बताए ।
सोही अवसरमा कृषि मौसम सल्लाह सेवा बुलेटिन पनि बिमोचन गरिएको छ । यो सेवा अन्र्तगत कृषकहरुले आफ्नो बाली, पशुपालनमा गर्नुपर्ने आवश्यक क्रियाकलापलाई समेटेर अगामी हप्तामा हुन सक्ने मौसमलाई मध्यनजर गरी प्रत्येक हप्ता प्रकाशित हुने सेवा बुलेटिनबाट कृषकलाई उपलब्धी हुन सक्ने मन्त्रालयले दावी गरेको छ ।
यस्तै हाम्रो कृषि मोबाइल एप्स अन्र्तगत कृषकले यस एप्सबाट मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधी, कृषि तथा पशु बीमा अभिकर्ता लगायत सम्बन्धी जानकारीहरु लिने सक्ने जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख सापकोटाले बताए ।
मन्त्रालयले कृषकको लागि यो सेवा सुविधा यस अघि तराईको बाँके र बारा जिल्लमा संचालनमा ल्याइसकेको छ । कृषकको समस्या समाधान गर्नका लागि आयोजनाले टोल फ्रि १६६०८१५२००० नम्बरमा सम्पर्क गर्न सक्ने बताएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देही, कृषि विकास मन्त्रालय आयोजना व्यवस्थापन इकाल पुजा प्रतिष्ठान मार्ग र जिल्ला पुश सेवा कार्यालय रुपन्देहीको संयुक्त आयोजानमा भैरहवामा अयोजित कार्यक्रमका वक्ताहरुले कृषकको समस्याको लागि यी सेवा सुविधा निकै लाभदायक रहने र यस्ता किसिमका सेवा सुविधा अगामी दिनमा पनि ल्याउन आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईले किसान कल सेन्टर लगायत संचालनमा ल्याइएको अन्य प्रणालीबाट धेरै आशा गरिएको बताउँदै यसले कृषकलाई धेरै सहयोग पुग्ने बताए । उनले कृषि प्रणालीलाई अन्तरष्ट्रिय बजारसगँ प्रतिस्प्रधा गर्न मन्त्रालयले तयारी गरिरहेको बताउँदै सो अन्तगर्त यो प्रविधिकको प्रयोग गरिएको बताए ।
यो सुरुवातको पहिलो चरण हो , किसानलाई अभ्यासता बनाउँदैछौ सचिव भट्टराईले भने कृषी सम्बन्धी उपकरणहरु ल्याउँदैछौँ त्यसपछि किसानहरु बढी लभान्वती हुन्छन् ।
विद्यार्थीलाई संविधानको अध्ययन गर्न सांसदका आग्रह
विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले संविधानको गहन अध्ययन गर्नुपर्नेमा व्यवस्थापिका सम्सदका एक सांसदले जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय, भैरहवा बहुमुखी क्याम्पस भैरहवामा आयोजित पुरस्कार वितरण समरोहलाई सम्बोधन गर्दै सांसद आदित्यनारायण कसौधनले आफ्नो नियमित पठनपठानका अतिरिक्त संविधानको अध्यनन गर्नु पर्ने आजको विद्यार्थीको आवश्यकता रहेको बताए ।
सांसद कसौधनले भने तपाई विश्वविद्यालयका विद्यार्थीहरु जति आफ्नो नियमित पठनपठानलाई जोड दिनुहुन्छ त्यतै नै संविधानको अध्ययनमा पनि जोड दिनुहोस ।
विद्यार्थीहरु समाजका सुचक भएको हुदा संविधानको अध्ययन विद्यार्थीले गरेमा त्यसको प्रसार र प्रभाव सबैभन्दा बढी फलदायी हुने उनको दावी थियो ।
अनेरास्वीयु भैरहवा बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा नेकपा एमालेका नेताहरु तुलसी चौधरी, हितराज पन्थी, अखिलका नेता चक्र थापा, शशि पन्थी, लक्ष्मी केसी, झकबहादुर आले, क्याम्पस प्रमुख डा घनश्याम न्यौपाने लगायतले बोल्दै संविधानको अध्ययन आजको विश्वविद्यालयको विद्यार्थीको महत्वपुर्ण पाटो रहेको बताए ।