logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भारतिय प्रहरी नेपाली भुमीमा प्रवेष


    ९ बैशाख २०७३ , बिहिबार

    भारतिय प्रहरी नेपाली भुमीमा प्रवेष

    तिरथ धवलको घरमा छापा

    untitled 
    राधेश्याम विश्वकर्मा
    भैरहवा, ९ चैत्र । नेपाल भारत सीमामा भारतीय प्रहरीको ज्यादती बढदै गएको बिभिन्न खबर आईरहेका समय नेपाली प्रशासनलाई हेप्दै भारतीय प्रहरीले नेपालमै आएर नेपालीकै घरमा छापा हानेको छ ।
    बुधबार बिहान १० बजे भारतीय प्रहरीले नेपाली भूमिमा छापा हानी नेपाली युवालाई अपहरणको शैलमिा पक्राउ गर्न स्थानियहरुले वताएका छन् ।
    रुपन्देहीको पोखरभिण्डी गाविस वडा नं. ९ मैनिहवा का तिरथ धवलको घरमा भारतीय प्रहरीले छापा हानेको घर धनी धवलले जानाकारी दिए ।
    सादा पोशाकमा भारतीय नम्बर प्लेटको ५ वटा मोटरसाईकलमा आएका प्रहरीले तिरथका छोरा रुद्र प्रसाद धवललाई अपहरणको शैलीमा नियन्त्रणमा लिईभारत लैजान खोजे पछि स्थानियहरुले प्रतिकार गरेका थिए ।
    स्थानियहरुको प्रतिकार पछि फर्केर गएको भारतीय प्रहरी पुनः हतियार सहित नेपाल प्रवेश गरि धवललाई लैजान खोजे पनि गाउलेको प्रतिकारको कारण लैजान सकेन । भारतीय प्रहरीले मैनिहवामा अन्य स्थानियको घरमा समेत हतियार सहित प्रवेष गरी खान तलाशी गरेको गाउलेले बताएका छन् ।
    गोप्य श्रोतका अनुसार भारत महाराजगंज जिल्लाको परसा मलिक थानाका प्रहरीले नेपालीको घरमा छापा हानेका हुन । सादा पोशाकमा रहेका प्रहरीले छापा हानी नेपालीलाई लैजान खोजे पछि अहिले सम्पूर्ण गाउ नै त्रासमा रहेको छ । दशगजा सित जोडिएर रहेको उक्त गाउमा भारतीय नम्बर प्लेटका बिभिन्न गाडीहरु बेरोकटोक आउने जाने गरेका छन ।
    रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ्गले भारतीय प्रहरी नेपालमा आएको स्थानियबाट थाहा भएको बताए । उनले ती ब्यक्तिहरु भारतीय प्रहरी भए नभएको बारे बुझ्न भारतीय प्रहरीसित समन्वय गरिने बताए ।
    श्रोतका अनुसार केही दिन पहिला नेपाल भारतको सीमा सेवतरीमा एक भारतीयको हत्या भए पछि सोही हत्याको आरोपित भएको भन्दै भारतीय प्रहरीले रुद्र प्रसाद धवललाई उठाउन खोजेको हो ।
    नेपाली सिमाक्षेत्रमा प्रहरी वेखर
    धकधई क्षेत्रमा सइको कमाण्डमा इप्रका प्रहरी कार्यालय र मैनिहवा क्षेत्रमा अइसको नेतृत्वमा प्रहरी चौकी रहे पनि उनिहरुले घटनाको वारेमा वेखवर जस्तै रहेका छन् ।
    त्यस क्षेत्रमा प्रहरी मिलोमतोमा विगत देखी तस्करीहरु वढेको गुनासो समेत आइरहेको वेला भारतिय सुरक्षाकर्मी नेपाली भुमीमा प्रवेष गरि नेपालीलाई आतकं वनाउदा समेत वेखर भैदिनु उनिहरुको जिम्मेवारपनमा कमजोरी देखिएको छ ।
    जिल्ला प्रहरी कार्यालयमा नया प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङको आगमन संगै नया रणनितिका साथ प्रहरी कार्यक्षेत्रमा सफल अप्रेशन गरिरहेका वेला त्यस क्षेत्रका प्रहरीहरु जिम्मेवार वाट पंछिन खोज्नु दुखद पक्ष देखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.