logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बेलायती पूर्वगोर्खा सैनिकको सम्पत्ति नेपालको विकासमा


    १० बैशाख २०७३ , शुक्रबार

    बेलायती पूर्वगोर्खा सैनिकको सम्पत्ति नेपालको विकासमा

    बैशाख १० शुक्रबार
    म्याग्दीः चार दशकभन्दा लामो समयसम्म रोजगारीका लागि प्रवासमा विताएका गोर्खा सैनिकका सेवानिवृत्त पूर्वमेजरले आफ्नो जन्मथलोको विकासका लागि लाखौँ रकम आर्थिक सहयोग गरेका छन् । index

    हिस्तान–५ टिकोट घर भई हाल पोखरामा बस्दै आएका चन्द्रबहादुर पुन र उनका परिवारले टिकोट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र, विद्यालय भवन र सडकलगायतका पूर्वाधार निर्माणका लागि ४० लाखभन्दा बढी सहयोग गरेका छन् ।

    बेलायतको गोर्खा सैनिकका सेवानिवृत्त पूर्वमेजर ७३ वर्षीय चन्द्रबहादुरले विदेशको कमाइका साथै आफूले पाउने पेन्सन सुविधा गाउँको विकासका लागि उपलब्ध गराएका हुन् ।

    पुनका परिवारले टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न रु २२ लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन् ।

    चन्द्रबहादुरले दिवङ्गत श्रीमतीको स्मृतिमा कोष स्थापना गरेको स्थानीय टिकोट माविका प्रअ प्रदीप पुनले जानकारी दिए ।

    रुपीमाया सामुदायिक स्वास्थ्य केन्द्र नामाकरण गरिएको केन्द्र सञ्चालनका लागि कोष स्थापना गर्न चन्द्रबहादुरले सात लाख, छोराहरु सन्त, विष्णु, लीलमान पुन र छोरी रत्नमाया बरालले रु दुई÷दुई लाख, भाइ हर्कबहादुरले रु दुई लाख सहयोग गरेका छन् ।

    चन्द्रबहादुरका दाइका छोराछोरी, नाति र भाउजू मनिषा पुनले कोषमा थप पाँच लाख पाँच हजार जम्मा गरेका छन् ।

    अक्षयकोष रकमको ब्याजबाट क्लिनिकको व्यवस्थापन, कर्मचारीको तलब र औषधि खरिद गर्न परिचालन हुने गरेको छ ।

    बेलायतको गोर्खा सैनिकमा ३२ र बु्रनाईमा १२ वर्ष काम गरेका पुनले टिकोट माविको १६ कोठे पक्की भवन निर्माणका लागि पनि थप २० लाख नगद सहयोग गरेका छन् ।

    प्रअ पुनका अनुसार चन्द्रबहादुरले महभिर टिकोट सडक निर्माणका लागि ५४ हजार ५०० सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.