logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मादल जस्तो बज्छ, ढुङ्गा


    ११ बैशाख २०७३ , शनिबार

    मादल जस्तो बज्छ, ढुङ्गा

    पाल्पा, बैशाख । तेल्घा गाविस–४, गुफाचौरमा गुफामा ढुङ्गाले हान्दा मादल जस्तो बज्ने गरेको छ । maxresdefault
    ढुङ्गाले हान्दा मादल जस्तो टोङ टोङ गर्ने भएपछि मानिसहरुले त्यसलाई निकै चाख लाग्दो गरी हान्ने गरेको स्थानीय चिन्ताबहादुर कार्कीले बताउनुभएको हो । हागा जस्तै बाहिर निस्केको ढुङ्गाको भित्री भागमा खाली भएकाले यसरी नै मादल जस्तै बज्ने गरेको भनाई पाइन्छ ।
    उहाँले भन्नुभयो–“पहिला गुफा नै थियो हामीहरु स्कुलबाट हेर्न भनी आउने गर्दथ्यौ, अहिले पुरिएछ ।”
    गुफाको ढुङ्गा हागा जस्तो बाहिर निस्केको छ, जुन हागालाई मानिसहरुले हान्दै आएका छन् । तानसेन देखि १० किलोमिटर दक्षिणमा अवस्थित सो मादल जस्तो ढुङ्गा बज्ने भएपनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय बासिन्दा कार्कीको भनाई छ ।
    प्रचारप्रसारको अभावमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । यहाँबाट जिल्ला सदरमुकाम तानसेन र सुन्दर माडीफाटको दृश्यालोकन गर्न सकिने शीतल जलवायू भएकाले गर्मीका समयमा पर्यटक आकर्षण गर्न सकिने छ ।
    यस क्षेत्र १८ फिट अग्लो र ८ फिट चौडाई भएको सो गणेशको मुर्ति स्थापना हुने भएको छ । भुरे राजाहरुले राज्य गरेकाले पनि यस क्षेत्र अत्यन्त महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्न आवश्यक रहेको भनाई छ ।
    गुफाचौरमा  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गर्ने सम्भावना रहेपनि ताहाँ पुग्न पर्यटनका लागि सडकको उचित व्यवस्था छैन ।
    खानेपानी  गाउँले समेत समस्या भोग्दै आएकाले गुफाचौरमा पानीको समस्या उस्तै रहेको स्थानीय कृष्ण राना बताउनुहुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.