राजेन्द्र घिमिरे
प्राचार्य, काशी नोभेल एकेडमी
शिक्षाको ज्योती सवैक्षेत्रमा पुराउने उद्धेश्यका साथ आफ्नो सम्पुर्ण जिवन शैक्षिक क्षेत्रमा खर्चिएका व्यक्ति हुन राजेन्द्र घिमिरे । जिवनको शुरुवात देखी गुणात्मक शैक्षिक अभियानमा सक्रिय घिमिरेको यो अभियानमा विताएको अहिले २१ वर्ष पुगिसकेको अनुभव सुनाउछन् । भैरहवा क्षेत्रका विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा गुणस्तर शिक्षा उत्पादनमा समय खर्चिका यिनले अहिले जकनपथ भैरहवामा रहेको काशी नोभेल एकेडमी को कमाण्ड समालेका छन् । नेपालका उत्कृष्ठ स्कुलहरुको दाजोमा आफुले कमाण्ड समालेको स्कुल काशी नोभेल पनि रहेको दावी गर्ने घिमिरेले गरिवका झुपडीमा समेत शिक्षाको ज्योती पुराउने आफ्नो अभियान रहेको वताउछन् ।यस क्षेत्रका विद्यालयहरुको समुह सामुहिक विद्यालय परिवारको अध्यक्ष समेत रहेका व्यक्तित्व घिमिरे २१ औ सताव्दी संग प्रतिस्पर्धा गर्ने शिक्षा उत्पादन गर्नमा आफु लागी रहेको वताउछन् ।भैरहवाको चर्चित र उत्कृष्ठताको पहिचान वनाउन सफल स्कुल काशी नोभेल एकेडमीका कमाण्डर तथा प्राचार्य यिनै घिमिरे संग लुम्बिनीखवर अनलाईन पत्रिकाको लागी पत्रकार कमल रायमाझी संग गरिएको कुराकानीमा आधारित अन्तरवार्ता ।
यहाको स्कुलले नया भर्ना अभियान कसरी अगाडी वढाएको छ ?
हाम्रो स्कुल यस क्षेत्रमा गुणात्मक शिक्षालाई प्राथामिकतामा राखेर अगाडी वढेको स्थिती हो । स्कुलको पहिलो प्राथामिकता नै गुणात्मक शिक्षा हो । यहाका गरिव, जेहेन्दार विद्यार्थीहरुका लागी विशेस व्यवस्था गर्दै शिक्षा सवैको पहुचमा पुगोस भन्ने उद्धेश्यका साथमा हाम्रो अभियान अगाडी वढेको छ । यो अभियानले सरकारले लिएको शिक्षा रणनितिलाई समेत सहयोग पुराइरहेको छ ।
यहाको अभियानले सार्थकता पाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
कासी नोभेल एकेडमीले विगतमा प्राप्त गरेको एसएलसी परिणामको उच्च सफलता तथा नया जोश र जागरका साथ शैक्षिक विकासका लागी एकतावद्ध भएर लागेका हाम्रा विद्धान शिक्षकहरुको टिम । हाम्रो स्कुलले अगाडी वढाएको शैक्षिक अभियानले सार्थकता प्राप्त गर्दै अगाडी वढिरहेको छ । हामीले उत्पादन गरेका विद्यार्थीहरुले प्राप्त गरेको सफलता जसले देश र विदेशमा समेत उच्च सम्मान प्राप्त गरेका छन् । स्कुलले शैक्षिक क्षेत्रमा फरक र गुणस्तर शिक्षालाई प्रयोगात्मक रुपमा सञ्चालन गरेका कारण पनि हाम्रो अभियानले सफलता पाएको छ । गरिव,झुपडी र वस्ती वस्तीका विद्यार्थीहरुलाई समेत छात्रबृद्धीको माध्यम वाट शिक्षा प्रदान गर्ने हाम्रो स्कुल शैक्षिक क्षेत्रमा समेत उदारणिय वनेको छ ।
यहाको विद्यालयले विद्यार्थीहरुका लागी कस्ता सुविधाहरु उपलव्ध गराएको छ ?
गुणस्तर शिक्षाका लागी हामीले कुनै पनि सम्झौता गर्दैनौ । काशी नोभेलले आफ्नो गुरुयोजना वनाएर शिक्षाको गुणात्मक विकासमा जोड दिएको छ । नियमित पठन पाठन समेत वैज्ञानिक किसिमले गर्ने गरेका छौ । २१ औ शताव्दी संग प्रतिस्पर्धा गर्न सक्ने ‘एबकस मेन्टल म्याथ’ को तरिकाले प्राथामिक तहमा पढाउने गरेका छौ ।कम्प्युटर कक्षाहरुलाई नियमितरुपमा उपलव्धी मुलक वनाएका छौ ।प्रयोगशालाको माध्याम वाट व्यवहारिक शिक्षालाई जोड दिएक छौ ।जस वाट विज्ञानका विषयहरु रसायनशास्त्र, भौतिकशास्त्र र जिवविज्ञान का आआफ्ना प्रयोगशाला व्यवस्था गरी विद्यार्थीहरुलाई उत्कृष्ठ शिक्षामा जोड दिएका छौ ।स्कुलले आधुनिक पुस्ताकालयको व्यवस्था, प्रोजेक्टरको माध्याम प्रध्यापन गराएको छौ ।प्रोजेक्टरवर्कको व्यवस्था स्कुलले गरेको छ ।व्यवस्थित रुपमा समेत यातायातको व्यवस्था स्कुलले सवै विद्यार्थी माझ पुराएको छ । प्राथामिक तहमा परम्परागत शैलि भन्दा भिन्न रहि क्रियाक्लावमा आधारित पठन पाठनमा पढाउने गरेका छौ । वालमैत्री वातावरण तयार गरि स्कुलमा सकारात्मक माध्याम वाट विद्यार्थीलाई अगाडी वढने हौसल्ला प्रदान गरेका छौ । खानेपानी , खेल मैदान , २४ औ घण्टा जेनेटरको व्यवस्था समेत गरेका छौ ।
यहाको विद्यालयमा अभिभावकले आफ्ना छोराछोरी किन भर्ना गर्ने ?
लामो समय देखी शिक्षाक्षेत्रमा संग्लङन अनुभवी शिक्षकहरुको समुहवाट सञ्चालित विद्यालय भएको हुनाले वालमनोविज्ञानलाई ध्यान दिइ वालमैत्री वातावरणमा अध्यापन गराउछौ ।एउटा विद्यार्थीलाई सिक्नका लागी आवस्यक पर्ने सम्पुर्ण वातावरण हाम्रो विद्यालयले प्रदान गरेको छ ।अनुभवी तथा दयालु शिक्षक शिक्षिका नियमित विद्यार्थीको मुल्याङकनको व्यवस्था, सुविधा सम्पन्न विद्यालय भवन, खुल्ला र ठुला कक्षा कोठा ,स्थापनाकाल देखी नै गुणस्तर शिक्षाको प्रतिवद्ध ,एसएलसीको परिक्षामा पनि उत्कृष्ठ नतिजा प्राप्त गर्दै आइरहेको कारणले अभिभावकले ढुक्क संग आफ्ना छोराछोरी भर्ना गर्न आवस्यक छ । अभिभावक स्वय समेत स्कुलको भ्रमण गरि शैक्षिक वातावरणको अवलोकन गर्न आग्रह समेत गर्दछौ ।
यहाको स्कुल आधुनिक र शैक्षिक गुणस्तरमा अगाडी वढिरहेको भन्दा भन्दै यहाका विद्यार्थीहरु किन यस क्षेत्र वाट वाहिरिने क्रम वढेको हो ?
पहिलो कुरा त रहर र लहरले गर्दा विद्यार्थीहरु वाहिरि क्षेत्रमा अध्ययन गर्न जाने गरेका छन् । जुन गुणस्तर शिक्षाका लागी होइन । विभिन्न प्रलोभन पारेर वाहिरि क्ष्ँेत्रका विद्यालयले भैरहवाका विद्यार्थीहरुलाई आर्कशण गराइरहेका छन् । जुन आर्कशणमा शैक्षिक गुणस्तरता देखिदैन । यहाहरुले देख्न सक्नु हुन्छ एसएलसी बोर्ड फस्ट देखी टप टेन सम्म यहा पढेका विद्यार्थीहरु आइरहेको इतिहास छ । भौतिक रुपमा सुविधा सम्पन्न र शैक्षिक गुणस्तरमा सफल शैक्षिक प्रतिष्ठानहरु भैरहवामा रहेका छन् । जसले निरन्तर राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका छन् । यस कारणले भैरहवा क्षेत्रका विद्यार्थी शैक्षिक गुणस्तरको नाममा वाहिर जानु मुखर्ता हो ।
वाहिर क्षेत्रमा आफ्ना वालवच्चा पठाउनु भनेको समयको वर्वादी पनि हो । यहा वाट जान १ घण्टा आउन १ घण्टा वाटोमा विभिन्न ध्वनी प्रदुशण, वातावरण प्रदुशण , विद्यार्थीले पढेको छ कि फिल्म हेर्न गएको छ भन्ने कुराको अवलोकन गर्न लामो दुरीको समस्या जस्ता कुराहरुले वाहिरि क्षेत्रमा अध्ययन गर्न जाने विद्यार्थी समस्यामा पर्ने गरेका उदारणहरु हामी संग छन् । यस कारण भैरहवामा उत्कृष्ठ शैक्षिक प्रतिष्ठान रहेकाले आफ्ना छोराछोरी यही भर्ना गरि शिक्षाको उज्ज्वल भविष्यको समेत हामी कामना गर्दछौ ।
यहाको स्कुल स्थापनाको दिर्घकालिन उद्धेश्य के रहेको छ ?
यस क्षेत्रमा रहेका कुनै पनि वालवालिकाहरु शिक्षाको ज्योति वाट टाढा नहुन भनेर नै हामीले काशी नोभेलको स्थापना गरेको हौ ।आर्थिक रुपमा सवल भएकाले मात्र शिक्षा पाउने र नभएकाले नपाउने भन्ने प्रचलनको अन्त्य गर्न काशी नोभेलले अभियान लिएर स्थापना भएको हो । सवैको माझ शिक्षा समान होस सवैले शिक्षा पाउनु पर्दछ भन्ने अभियान समेत हाम्रो स्कुल र टिमले लिएका प्रतिवद्धता हो ।
यहाको स्कुलको सवै भन्दा राम्रो पक्ष केहो ?
सवैभन्दा राम्रो पक्ष नै गुणस्तर शिक्षा उत्पादन नै हो । जुन विगत वर्षहरु देखी निरन्तरतामा छौ । यस वाहेका हाम्रो उर्जाशिलटीम, वालमैत्री शिक्षण सिकाई,तालिम प्राप्त शिक्षक शिक्षिका, सुसम्पन्न भौतिक पुर्वाधार,सुविधा सम्पन्न स्कुल भवन हरु हाम्रो स्कुलको राम्रो पक्ष हो ।
भविष्यको योजना ?
उच्च शिक्षा सञ्चालन गर्नका लागी प्रकृया अगाडी वढाएका छौ ।प्राविधिक शिक्षा सञ्चालन मुख्य प्राथामिकतामा रहेको छ । मन्टेश्वरी शिक्षा, र खेलकुदको विकासमा पुर्वाधार र खेलाडी उत्पादन गर्ने समेत योजना रहेको छ ।
यहाको स्कुलले पढाइ वाहेक का अन्य अतिरिक्त क्रियाक्लवा के गराउने गरेको छ ?
बार्षिक क्यालेण्डर अनुरुप समुगत सदनात्मकरुपमा विभिन्न खालका अतिरिक्त क्रियाक्लाव गराउने गरेका छौ । खेलकुद र साहित्यमा समेत जोड दिएका छौ । जस वाट विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरि व्यक्तित्व विकासमा सहयोग पुराउने छ ।