logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    नेपाल खानेपानी संस्थानका कारण हैजा फैलियो


    १३ बैशाख २०७३ , सोमबार

    नेपाल खानेपानी संस्थानका कारण हैजा फैलियो

    13046170_1009365025777370_542195842_n
    कमल रायमाझी
    भैरहवा,१३ बैशाख । नेपाल खानेपानी संस्थानले सर्वसाधरणको घरमा वितरण गरेको पानीका कारण हैजा फैलिने गरेको भन्दै भैरहवाको नागरिक समाजले आक्रोश व्यक्त गरेको छ ।
    नागरिक सचेतना समुह अन्तरगत भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय सागरले खानेपानीको धारामा आउने फोहर पानीले भैरहवावासी लाई हैजा लगाएतको आरोप लगाएका छन् ।
    यहाका स्थानियहरुलाई संस्थानले वितरण गरेको पानिले विरामी वनाएको भन्दै यसको क्षतीपुर्ती खानेपानी संस्थानले तिर्नु पर्ने माग राख्दै खानेपानी संस्थानको शाखा कार्यालय भैरहवामा सोमवार मर्निङ वाक ग्रुप डेलिगेशनमा पुगेको छ ।
    विधुतका समेत समस्या वेहोरेको भैरहवाले खानेपानीमा समेत समस्या पाउन थाले पछि सरोकारवालाहरु विरोधमा उत्रिन थालेका हुन ।
    जनताले चाहेको वेलामा र नियमित रुटिङ अनुसार पानी वितरण नगर्ने संस्थानले वितरण गरेको पानी पनि फोहर भएपछी स्थानियहरुलाई विभिन्न रोगले समेत दुःख दिन थालेको नागरिक समुहका सदस्य निदानचन्द्र श्रेष्ठले वताए ।
    संस्थानमा रहेको जनसम्पर्कका लागी राखीएको टेलिफोन समेत नउठदा स्थानिय हैरान परेको गुनासाहरु समेत डेलिगेसनमा पुग्नेहरुले कार्यालय प्रमुख संग राखेका थिए ।

    भैरहवा क्षेत्रमा पानी वितरण गर्ने बेलहिया वितरण केन्द्र,वर्मेलीटोली केन्द्र र लुम्बिनी रोड वितरण केन्द्र रहेका छन् । यी केन्द्र वाट वितरण हुने खानेपानीका पाइपहरु नाली तथा ढलहरुका विचमा लिक हुदा फोहरपानी पनि खानेपानीको नाला भित्र पस्ने भन्दै यसरी पसेको पानीका कारण फोहर भएको नेपाल खानेपानी संस्थान भैरहवा शाखाले वताएको छ । यो पानी खाएका कारण सर्वसाधरण लाई हैजा लगाएको विरामीहरुले सताएको शाखाका प्रमुख दिपकज्योती शाक्यले वताए ।
    शाखा प्रमुख शाक्यले केहि दिनमा यो समस्या समाधान गर्नमा खानेपानी सस्थान लागिरहेको समेत वताए ।
    खानेपानी संस्थान संग जेनेरेटर नहुदा समेत समयमा सेवा प्रदान गर्न नसकेको संस्थानको शाखा कार्यालय भैरहवाले जनाएको छ । विद्युलको कुनै विस्वास छैन कति खेर आउछ जान्छ तथा आए पनि भोल्ट कम भएका कारण पानी तान्ने पम्पले काम नगर्ने समेत सस्थानको सुचना शाखाले जानाकारी दिएको छ ।
    सिद्धार्थनगर नगरपालिकाको ४ हजार घर दुरीमा खानेपानी पुराएको भैरहवा शाखा कार्यालयमा दैनिक ४५ लाख लिटर खानेपानीको माग भए पनि ३० लाख लिटर पानी मात्र पुराउन सकेको सो कार्यालयले जनाएको छ ।
    मानिस ९ देखी ११ लाख रुपैया महुशुल उठने यस कार्यालयमा जेनेरेटर को माग स्थानिय स्तर वाट उठने गरेपनि कार्यालय प्रमुख भने मौन देखिन्छन ।

    13084263_1009365839110622_2049458458_n
    खानेपानी कार्यालयमा प्रमुखले स्थानियको माग तुरुन्त सरकारको माथिल्लो निकाय संग पुराउन आवस्यक रहेको भन्दै स्थानियहरु राजेन्द्र प्रसाद श्रेष्ठ, ओमकार गौचन, रामवहादुर श्रेष्ठ, तेज प्रसाद, चन्द्रप्रकास श्रेष्ठ लगाएको कार्यालय प्रमुखलाई अनुरोध गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.