logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    भारतिय चामलको भन्दा धान आयात बढदै


    १४ बैशाख २०७३ , मंगलबार

    भारतिय चामलको भन्दा धान आयात बढदै

    150327114100-06-rice-stock-super-169९ महिनामा ७ अर्ब ८४ करोडका चामल आयात
    मनोरञ्जन शर्मा

    भैरहवा,१४ माघ । भैरहवा भंसार नाका हुदै  भारतबाट हुने चामल आयातमा  कमि भएको छ । प्रत्येक बर्ष चामल, धानको आयात बढदै गएको अबस्थामा चालु आर्थिक बर्षको चैत्र मसान्त सम्म भने गत बर्षको तुलनामा  आयात घटेको पाईएको छ ।
    भैरहवा भन्सार कार्यालयका अनुसार चालु बर्षको श्रावण देखि चैत्र मसान्त सम्मको  ९ महिनामा १६ करोड ४२ लाख ४४ हजार ९ सय ४४ किलो चामल आयात भएको छ । यो परीणामको चामलको मुल्य ७ अर्ब ८४ करोड  ९२ लाख ५५ हजार रुपैया रहेको हो । गत बर्ष सोही अबधीमा ८ अर्ब ६२ करोड ४९ लाख ५८ हजार रुपैया बराबरको  १७ करोड ९१ लाख १३ हजार २ सय ९० किलो चामल आयात भएको प्रमुख भन्सार अधिकृत लाबण्य देब ढकालले बताउनुभयो । श्रावण देखि कार्तिक सम्म  चामल आयात घटेको हो , अहिले फेरी बिगतमा जस्तो आयात बढदै गएको छ, प्रमुख भन्सार अधिकृत  ढकालले भन्नुभयो ।
    उता धान आयात भने बढेको छ । चालु बर्षको सोही अबधीमा २ करोड ७७ लाख २८ हजार मुल्य बराबरको ११ लाख ९ हजार ६ सय ६० किलो धान आयात भएको छ । गत बर्ष सोही अबधीमा ८ करोड ६ लाख २४ हजार ९ सय ५८ किलो धान आयात भएको थियो । आयात धानको मुल्य २ करोड १५ लाख बराबरको छ । स्वदेशमा धानको उत्पादन कम भए पछी चामल उत्यादनको कच्चा बस्तुका रुपमा रहेको धानको  आयात बढेको ब्यबसायीको भनाई छ ।
    चामल ब्यबसायीहरु पनि चामल बिगतको बर्षमा भन्दा कम आयात भएको बताउछन् । चामल बिक्रेता न्यु पबित्रा स्टोर्श गल्लामन्डीका सञ्चालक एबं सिद्धार्थ उद्योग बाणिज्य संघका सचिब नेत्र प्रसाद आचार्यले तराई,मधेश आन्दोलनका समयमा चामल न्युन आयात भएको बताउनुभयो ।‘आन्दोलनको समयमा निकै चामल आउथ्यो ,त्यसैले गर्दा कम आयात भएको देखिएको हो, तर अब पहिला जस्तो आयात भैरहेको छ,’सचिब आचार्यले भन्नुभयो ।
    आर्थिक बर्ष २०७०।७१मा बेलहिया नाका हुदै सात अर्ब ६० करोड २९ लाख ५६ हजार मुल्य बराबरको १८ करोड ४८ लाख ११ हजार ६८५ केजी(१लाख ८४ हजार ८सय११ मे.टन) चामल आयात भएको थियो । गत बर्ष पनि १० अर्ब रुपैया भन्दा बढीको चामल आयात भएको थियो ।
    गत बर्ष भन्सारले चामल आयात गर्दा लिदै आएको कृषि सेवा शुल्क बृद्धी गरी ५ बाट ८ प्रतिशत पुरयाएको थियो ।
    उद्योगी ब्यबसायीको ब्यापक माग पछी आयातमा समानदर ५ प्रतिशत रहेको धान चामलमा धानको यथावत ५ प्रतिशत राखी चामलमा ३ प्रतिशत बृद्धी गरी ८ पुरयाईएको थियो ।
    गत बर्ष भुकम्पका समयमा भारतबाट अत्यधिक राहत स्वरुप चामल भित्रिएको थियो र त्यसैको कारण पनि बिक्रीका लागी  आउने चामल आयातमा  कम भएको ब्यबसायीको भनाई छ ।
    बेलहिया नाका हुदै आउने चामल काठमाण्डौ,पोखरा पठाईन्छ  भने भैरहवा र बुटवलका गल्लाब्यबसायी मार्फत अन्य पहाडी जिल्ला र आन्तरीक रुपमै जिल्लामा समेत केही  खपत हुने गर्दछ ।
    भारतबाट चामल आयात भैरहदा त्यस्को सिमावर्ती जिल्लामा रहेका चामल उद्योगहरु प्रत्यक्ष प्रभाबित भएका छन् । स्वदेशमा धान उत्पादन घटदै जानु र यँहा उत्पादन हुने धानले तिन महिनाका लागी पनि नपुग्ने चामल उत्पादन हुने भएकाले कच्चा पदार्थको रुपमा रहेको धानका लागी पनि भारतीय धान संगै निर्भर रहनु परेकाले भारतीय तयारी चामल संग प्रतिस्पर्धा गर्न नेपाली चामल उद्योगहरुलाई निकै कठिनाई भएको,रोहीणी एग्रो ईण्डस्ट्रिजका सञ्चालक दिपक पौडेलले बताउनुभयो ।
    भारतीय चामल संग प्रतिस्पर्धा गर्ने बिकल्प भनेको धानको आयात गर्दा लिईने कृषि शुल्क ५ बाट घटाएर शुन्यमा झार्ने हो,शुन्यमा झार्न नसकिए पनि कम्तिमा एक प्रतिशत गरी चामलको कृषि शुल्क १० प्रतिशत बनाए नेपालका चामल उद्योगहरुले राहत पाउने र भारतिय चामल संग प्रतिस्पर्धा गर्न सजिलो हुने चामल उद्योगी राम थापाले बताउनुभयो ।
    भारतको उत्तरप्रदेश राज्यका महाराजगंज,सिद्धार्थनगर,गोरखपुर लगायतका जिल्लाबाट चामल आयात हुने गरेको छ ।
    भैरहवा क्षेत्रमा मात्रै करीब १ अर्ब लगानीको तिन ठुला चामल उद्योग सञ्चालनमा छन् । भारतीय चामल आयात बढी रहदा यी उद्योगहरुले पुर्ण समय (फुल फेज)मा उत्पादन गर्न पनि सकेका छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.