
हेटौंडा, १४ बैशाख । मदर्सा अर्गनाइजेशन अफ नेपाल नामक शैक्षिक संस्थाले आज हेटौडा स्थित क्षेत्रिय शिक्षा निर्देशनालयको निर्देशक कृष्ण घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले मदर्सालाई शिक्षाको मुलधारमा ल्याउने नितिलाई कार्यक्रम अगाडि बढाई मदरसालाई विद्यालय सरह सुविधा दिने उद्घोष गरेपनि पर्सा जिल्लामा मदरसाहरुले पाउनुपर्ने सुविधाहरु जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध नभएको हुँदा ज्ञापनपत्र बुझाएको हो ।
मदरसा शिक्षाले गतिलिन नसकेको हुँदा मदर्सा शिक्षालाई व्यवस्थित गर्न र गतिशिल बनाउन माँगहरु राखिएको सो सस्थाले वताएको छ ।
संस्थाको अध्यक्ष हाजी मैनुदिन अंसारीको अध्यक्षतामा ७ सदस्यीय टोली ज्ञापनपत्र बुझाउन पुगेको थियो ।
सो टोलीमा इमामुदिन अमहद, ग्यासुदिन ठकुराई, समसेद अख्तर, रउफ अन्सारी, मोहम्मद अब्बास र एसएम जहाँ गस्त रहनु भएको थियो । 