
काठमाडौं, १४ वैशाख । सरकारले कामु आईजीपी दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षक ९आईजीपी० पदमा नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राईलाई महानिरीक्षक ९आईजीपी० बनाएको हो । राई यसअघि कायममुकायम महानिरीक्षक थिए ।
अनियमितता गरी अकुत सम्पत्ति कमाएको भन्दै तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षक बनाएको थियो ।
यस्तो छ राईको संक्षिप्त जीवनीस्
नामस् दुर्जकुमार राई
दर्जास् सशस्त्र प्रहरी महानिरीक्षक
शैक्षिक योग्यतास् एम।ए।
बाबुको नामस् रणबहादुर राई
आमाको नामस् धनदिपा राई
घर ठेगानास् भोजपुर दिल्पा कात्तिके नागी–४ घर भई हाल काठमाडौं कुलेश्वर
जन्म मितिस् २०१८ । ०८ । ०१ गते
भर्ना मितिः २०४३ । ११ । ०३ गते
तालिम
प्रहरी अधिकृत विशेष तालिम, प्रहरी प्रशिक्षक कोर्ष, सामान्य प्रहरी प्रशासन, लागूऔषध नियन्त्रण, विशेष शस्त्र तथा युद्धकला लगायत स्वदेश तथा विदेशमा गरी विभिन्न १५ वटा व्यावसायीक तालिम हासिल गर्नुभएको । यी मध्ये पाँच वटा तालिमहरु युएसए, बंगलादेश, भारत र चीनमा गर्नुभएको ।
युएन मिसन
– युएन मिसन डार्फर – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह ९डार्फर मिसनमा सेक्टर कमाण्डरको रुपमा समेत जिम्मेवारी निर्वाह०
– युएन मिसन हाइटी – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह
– कम्बोडिया मिसन – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह
पदक तथा पुरस्कार
– सुप्रबल जनसेवा श्री ९तृतीय०, तेश्रो सार्क स्मृति, दुर्गम सेवा पदक लगायतका विभिन्न १४ वटा मान पदवी, अलंकार, पदकहरुबाट सुशोभित ।
– व्यावसायिक जिम्मेवारी निर्वाहकको क्रममा कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत एक पटक तीन ग्रेड थप, अर्को एक पटक एक ग्रेड थप र दुई पटक नगद पुरस्कार प्राप्त ।
– विभिन्न प्रसंशा प्रत्र प्राप्त ।
प्रमुख भई कार्य गरेको
– सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, सीमा सुरक्षा विभाग लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण, तालिम केन्द्र भालुवाङ लगायतको कार्यालयहरुमा प्रमुख भई कार्य गर्नुभएको ।
– यसैगरी विभिन्न जिल्ला प्रहरी कार्यालय तथा क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर लगायतका कार्यालयहरुको प्रमुख भई कार्य गर्नुभएको ।
पदोन्नती स्–
– नेपाल सरकार ९मन्त्री परिषद० को मिति २०७३र०१र१४ गतेको निर्णयले कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षकबाट सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा हुनु भएको । उहाँ नेपाल सरकार ९मन्त्री परिषद० को मिति २०६८र०७र१७ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनु भएको थियो ।
स्थानान्तरणस्
– तत्कालीन श्री ५ को सरकार ९मन्त्री परिषद० को मिति २०५८÷०१÷०४ गतेको निर्णयले नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल तर्फ स्थानान्तरण हुनु भएको ।
भ्रमण स्
युएसए, जापान, कोरिया, कम्बोडिया, सुडान, चिन, हाइटी, बंगलादेश, भारत लगायत युरोपका अधिकांस राष्ट्रहरुको भ्रमण गर्नुभएको ।
अन्यस्
– अन्तर्राष्ट्रिय स्तरको भलिबल खेलाडी समेत रहिसक्नु भएका ।
– भ्रमण तथा अध्ययनमा रुची ।