logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भारतीयलाई नागरिकता दिलाउन छोरीको लोग्ने बने बाबु


    १४ बैशाख २०७३ , मंगलबार

    भारतीयलाई नागरिकता दिलाउन छोरीको लोग्ने बने बाबु

    भारतीयलाई नागरिकता दिलाउन छोरीको लोग्ने बने बाबु
    सलमान खान
    १४ वैशाख, भैरहवा । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीनजना भारतीयहरुको नेपाली नागरिकता खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सिफारिसका आधारमा उनीहरुको नागरिकता खारेज भएको हो ।

    आफ्नै  छोरीको लोग्ने बने

    रुपन्देही फरेना गाविस वार्ड नम्बर ८ का त्रियुगीनारायण मिश्रका दुईवटी श्रीमती थिए । त्रियुगी ज्यान मुद्दामा जेल सजायँ कटाएका व्यक्ति हुन् । यिनै मिश्रले आफ्ना तीन भाइ भारतीय नातिहरुलाई नेपाली नागरिकता दिलाएका हुन् ।

    मिश्रले आफ्नी जेठी श्रीमती गंगोत्री मिश्राइनतर्फकी छोरी शारदा मिश्रको विवाह भारतमा भारतीय नागरिक गणेश उपाध्यायसँग गरिदिएका थिए । भारतीयसँग विवाह गरेपछि उनकी छोरी स्वाभाविकरुपमा भारतीय अंगीकृत नागरिक बनिन् ।

    भारतीयसँग विवाह गरेका शारदातर्फबाट भारतमै तीन छोरा जन्मिए । महेन्द्रकुमार मिश्र, सतीशकुमार मिश्र र अनिलकुमार मिश्र नामका यी तीनै भाइ भारतीय पिताका छोरा भएकाले उनीहरुले बंशजका आधारमा भारतीय नागरिकता पाउनुपर्ने थियो । तर, उनीहरुले बंशजका आधारमा नेपाली नागरिकता पाए, जसलाई मंगलबार नेपाल सरकारले खारेज गरिदिएको छ ।

    आफ्नी छोरीतर्फका तीनै भाइ नातिलाई आफैं बाबु अर्थात छोरीका श्रीमान् बनेर हजुरबा त्रियुगीनारायण मिश्रले नेपाली नागरिकता दिलाएको जिल्ला प्रशासन कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।

    आफ्नै नातिहरुलाई नक्कली छोरा बनाएर नक्कली बुबा बनेका त्रियुगीनारायण मिश्र कर्तव्य ज्यान मुद्दामा काठमाण्डौ कारगारमा जेल सजायँ भुक्तान गरिरहेको अवस्थामा उनका नातिहरुको जन्म भएको थियो ।

    नागरिकतामा महेन्द्रकुमार मिश्रको जन्म मिति ०४२ साल बैशाख १ गते, अनिलकुमार मिश्रको जन्म मिति ०४५ साल बैशाख ११ गते र सतिश कुमार मिश्रको जन्म मिति ०४६ साल असार १५ गते उल्लेख । तर, जिल्ला प्रशासन स्रोतका अनुसार नक्कली बुबा गाउँका तत्कालीन प्रधानपञ्च समेत रहेका हजुरबा त्रियुगीनारायण मिश्र भने ०३१ साल देखि ०४६ साल पुस १५ गतेसम्म कर्तव्य ज्यान मुद्दामा काठमाण्डौ कारगारमा जेल सजायँ भुक्तान गरिरहेका थिए ।

    सक्कली हजुरबा र नक्कली पिता बनेका मिश्रले आफ्ना तीन नातिलाई नक्कली कागजातका आधारमा छोरा बनाएर नेपाली नागरिकता दिलाएको जिल्ला प्रशसान स्रोतले बतायो ।

    यस अनुसार महेन्द्रकुमार मिश्रले वि.सं ०६० साल भदौ १० गते नागरिकता पाए भने सतीशकुमार मिश्र र अनिलकुमार मिश्रले वि.सं. ०६६ साल असार ३० गते जिल्ला प्रशासन रुपन्देही मातहात रहेको इलाका प्रशासन कार्यालय मर्चवारबाट नक्कली प्रमाणपत्रका आधारमा वशंज नागरिकता लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

    त्रियुगीनारायण मिश्रले नातिहरुलाई छोरा बनाएर नागरिकता बनाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो ।

    प्रशासनले उजुरीउपर छानविन गर्दा नक्कली प्रमाणपत्रहरुका आधारमा तीनैजनाको नागरिकताको बनेको पाएपछि ०७२ साल फागुन १३ गते नागरिकता बदर गर्नका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको थियो ।अनलाइनखबर

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.