असल शासनको अवधारणा हिजोआज राजनीतिशास्त्र, जनप्रशासन र खासगरि विकास व्यवस्थापनको क्षेत्रमा नियमित रुपमा प्रयोग हुन थालेको छ । यो लोकतान्त्रिक शासनमा, नागरिक समाजमा लोकप्रिय सहभागिता, मानवअधिकार, समाजिक र दिगो विकास जस्ता अवधारणाहरुका साथसाथै देखा पर्छ विगत केही दशक अघि देखि नै यो सार्वजनिक क्षेत्र सुधारसंग घनिष्ट रुपमा गाँसिएको छ । सार्वजनिक व्यवस्थापनको विधा भित्र यो नयाँ मान्यताको रुपमा स्वीकार गरिएको छ जसले नागरिक हरुले उच्च आंकलन गरेका सेवाहरु प्रदान गर्ने काममा सार्वजनिक व्यवस्थापकहरुको भूमिकामा जोड दिन्छ र केन्द्रिय निकायको नियन्त्रण न्यून स्रोतको माध्यमवाट व्यवस्थापकिय स्वायत्तताको अभिवृद्धिको आंकलन गर्छ ।असल शासनका वारेमा डा.महाथीर मोहम्मद यसो भन्छनर्् असल शासन भनेको कुनै राष्ट्र्र्को मामिलाहरुको व्यवस्थापनको लागि राजनीतिक आर्थिक र प्रशासकीय सत्ताको अभ्यास हो । यस भित्र ती सवै संयन्त्रहरु कार्यविधीहरु सन्वन्ध हरु संस्थाहरु पर्छन जसका माध्यमवाट नागरिकहरुले सार्वजनिक जीवनसंग सम्वन्धित मामिलाको व्यवस्थापन गर्छन् । ै वास्तवमा सुशासन भनेको साध्य र साधन दुवै हो । साध्य कसरी त भन्दा असल शासन भनेको राज्यको मामिलाहरुको विकास र व्यवस्थापनको उच्चतम अवस्था हो । जव लोकतान्त्रिक शासन ठाउँमा हुन्छ । जव जनता नीति निर्माणको प्रक्रियामा सहभागि हुन्छन् जव सेवाहरु कुशलता पूर्वक प्राप्त हुन्छन् जव मानव अधिकारको सम्मान हुन्छ र जव सरकार पारदर्शी, जवाफदेही र उत्पादन शील हुन्छ त्यो शासन स्वतः असल हुन्छ ।
साधन कसरी त भन्ने अर्थमा हेर्नेहो भने कमजोर शासनका विभिन्न कुरा हरु निवारणका लागि असल शासन को माग हुन्छ । सार्वजनिक र निजीको माझ स्पष्ट भेदभाव देख्न असफल भएको अवस्था ।किनकी यसले सार्वजनिक स्रोत लाई निजी लाभका लागी दुरुपयोग गर्ने प्रबृति बढाउछ ।
सरकारी आचारण र विधिको शासनको परिभाषित प्रारुप स्थापना असफल,बजार संचालनमा बाधा पुग्ने गरी अत्याधिक नियम कानुनको उपस्थिती
बिकाश संग तालमेल नखाने ढङ्गले प्राथमिकता निर्धारण जसको परिणाम स्वरुप साधन स्रोतहरुको गलत ढङ्गले बाडफाँड हुन्छ ।
अत्याधिक संकीर्ण वा अपारदर्शी निर्णय निर्माणको प्रकृया
राज्यका मामिलाहरुको संचालनमा आचारसंहिताको अभाव,सुपरिभाषित नितिहरुको अभाव
यसको अर्थ के भने असल शासनलाई आर्थीक वृद्धि मानव विकास र सामाजिक न्याय प्राप्तीको एक साधन मान्न सकिन्छ भन्ने बिचार राख्छन ।साम एगिरीं यस सन्दर्भमा असल शासनको अबधारणा प्रयोग सार्वजानिक सेवा सुधार वा नयाँ सार्वजनिक व्यबस्थापन मान्यता रुपमा गरिनेछ । प्रशासनिक सुधारको क्षेत्रमा यसको प्रयोग संस्थागत बिकाश क्षमता निर्माण शक्ती र सत्ता विकेन्द्रीकरण,राजनितिज्ञ र सरकारी कर्मचारीको सम्बन्ध समन्वय रअशल शासनको अबधारणाको प्रयोग सार्वजनिक सेवाको सुधार वा नयाँ सार्वजनिक व्यवस्थापन मान्यताको रुपमा गरिन्छ । सुशासन सहायता सर्तको हदसम्म मात्र सिमित छैन । एक अवधारणाका रुपमा असल शासन सार्वजनिक व्यवस्थापनको मुद्धा भन्दा अघि वढ्छ र आधुनिक युगमा विभिन्न मुलुकहरुले सामना गर्नु परेका समस्याहरु समाधानका लागि लोकतन्त्रलाई कसरी उपयुक्त ढङ्गले प्रयोग गर्न सकिन्छ भन्ने मौलिक प्रश्नमा केन्द्रीत हुन्छ ।
सुशासनले सहभागिता मूलक शासनमा विश्वास गर्छ यही सहभागिता लोकतन्त्रको प्राण हो वास्तवमा जनसरोकारवालाहरु आफ्नो जीवनलाई असर गर्ने विषयहरुमा वन्ने नीतिहरुको निर्माणमा होइन तिनको कार्यान्वयनमा पनि सहभागी हुन्छन् अनि स्वाभावले नै विकासको प्रतिफलको समतामूलक वितरण सम्भव हुन्छ ।
समाजमा जातीय विविधता र लैङ्गिक भेदभाव छ भने तिनको समूचित व्यवस्थापन र सवैले मुलुकलाई आफ्नो घर ठान्ने वातावरण वनाउन जरुरी हुन्छ । जव सवै सरोकारवालाहरु आ आफ्नो ठाउँवाट सहभागि हुन्छन् त्यसैले त्यो अवस्था सृजना गर्छ जसमा नागरिक र राज्यका माझ विश्वास र पारस्परिक विनिमय सम्भव हुन्छ । राज्य र निजी क्षेत्र तथा विभिन्न सामाजिक राजनितीक समूहहरु माझ पनि पारस्परिक विश्वास विनिमय प्रारम्भ गर्छ ।
जव राज्यले मानव अधिकारको सम्मान गर्छ त्यसवाट हरेक नागरिकको आधारभूत अभिव्यत्ति स्वतन्त्रता भेला र संगठनको स्वतन्त्रताको प्रत्याभूति हुन्छ र यसले सम्पूर्णमा जीवन स्तर सुधार्न सशक्त वनाउँछ । यसले नागरिक समाज ,प्रेस जगत, वकालती समूहहरुलाई राज्यको अकुशल नीतिहरुको विरुद्ध आलोचना गर्ने र उपचार गर्ने समाथ्र्य प्रदान गर्छ ।
असल शासनकालागि लोकतन्त्रको ज्यादै महत्व छ यसले निर्णय निर्माणका क्रममा संलग्न स्वार्थहरुलाई आपसमा परामर्श गर्ने र एक अर्कालाई सम्मान गर्ने संयन्त्र उपलव्ध गराउँछ । स्वार्थहरुलाई संयोजन गर्ने लोकतान्त्रिक संयन्त्रले नै शासनलाई वैधानिक वनाउँछ । आपसी द्धन्द्धलाई सीमित पार्छ । शासनका विभिन्न तहका माझ कार्यविभाजन नगरी असल शासन सम्भव हुँदैन तर त्यसो गर्दा तिनमा संगति र समन्वाय जरुसी पर्छ र यसो गर्नका लागि पनि ती संरचनाहरुको आधार लोकतान्त्रिक हुनु आवश्यक हुन्छ किनकी विभिन्न तहका संस्थाहरुको आधार लोकतान्त्रिक भए मात्र तिनले वैधानिकता पाउँछन् । त्यसैले लोकतन्त्रलाई असल शासनको केन्द्र विन्दु मानिन्छ ।