logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा क्रसर उद्योग बन्द हुदां ५० अरब नोक्सान


    १६ बैशाख २०७३ , बिहिबार

    रुपन्देहीमा क्रसर उद्योग बन्द हुदां ५० अरब नोक्सान

    लुम्बिनीखबर
    भैरहवा, बैशाख  । रुपन्देहीमा विगत ६ बर्षदेखी क्रसर उद्योगहरु बन्द छन् । राज्यको अस्पष्ट नीतिका कारण यहांका करौडौं लगानीमा स्थापीत उद्योग मध्ये कयौं बन्द भईसके भने कयौं बन्द हुने अवस्थामा छन् । ३४ हजार प्रत्यक्ष रोजगारी र वर्षमा १० अरब आर्थिक कारोबार गर्ने उद्योग बन्द हुदां राज्यलाई मात्रै होइन सर्वसाधरणलाई पनि नोक्सानी पुगेको भन्दै सरोकारवालाले क्रसर उद्योग खोल्ने बातवरण बनाईदिन आग्रह गरेका छन् ।
    नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीद्वारा भैरहवामा आयोजित क्रसर उद्योगका समस्या र समाधानका उपाय विषयक्  अन्तरक्रियाका सहभागीले जिल्लामा रहेका ३९ वटा क्रसर तत्काल सन्चालनमा ल्याउने बातवरण बनाइदिन आग्रह गरे ।
    सो अवसरमा बोल्दै खानी तथा क्रसर उद्योग व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचनले राज्यले क्रसर उद्योग बन्द गरेर उद्योगी व्यवसायीलाई त मर्कामा पारेको छ नै त्यो भन्दा बढी सर्वसाधरण र जनताको निर्माणको काम ठप्प पारेको आरोप लगाए ।
    महांसघका पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले राज्यले लाइसेन्स दिने अनि अरबौंको क्रृण बोकाएर व्यवसायीलाई सडकमा ल्याउने काम गरेको भन्दै राज्यप्रति आक्रोस व्यक्त गरे
    सोही अवसरमा बातवरणवीद ई.खेटाराज दाहालले तत्काल तिनाऊ खोलाबाट ढुगा बालुवा उत्खनन नगरिए प्राकृतिक विपत्ति आउने बताएका थिए ।
    नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, सचिव विकास नारायण श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरुले उठाएको जवाफ दिदैं रुपन्देहीका प्रममुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल र स्थानीय विकास अधिकारी युवराज सुवेदी,ले   आफुहरुले उद्योग खोल्नमा सहजीकरणको भुमिका निर्वाह गर्ने जनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.