कमल रायमाझी
भैरहवा,१८ बैशाख । ।नेपालमा निर्माणक्षेत्रको विकासका लागी वृज सिमेन्ट ईन्डस्ट्रिज प्रा.ली भैरहवाले ठुलो टेवा पुराएको छ ।
विक्रम सम्वत २०५६ सालमा भारतको शान्ता सिमेन्ट प्रा.लि. संगको सहकार्यमा केडिया अर्गनाइजेशनले गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्धेश्य वोकेर यो उद्योग स्थापना भएको हो ।
उद्योगले उत्पादन सुरु गरे देखी नेपालमा गुणस्तर सिमेन्टको आवस्यकता पुरा गर्दै यसले अग्रगामी छल्याङलाई तिव्रता दिएको यसका प्रयोगकर्ताहरु वताउछन् ।
सुरुका दिनमा पिपिसी सिमेन्ट वाट आफ्नो उत्पादन वजारमा पठाएको यो उद्योगले अहिले पिपिसी र ओपिसी गरि ८ वटा आफ्ना ब्राण्ड उत्पादन गरिरहेको छ ।
जसमा ओपिसीमा वृज सुपर प्रिमियम,र शंकर शक्ति सिमेन्ट उत्पादन गरेको छ भने पिपिसीमा,वृज सिमेन्ट,जम्वो सिमेन्ट,लक्ष्मी सिमेन्ट,वृज सुपर किंस र वृज गोल्ड रहेका छन । उद्योगको नया ब्राण्डका रुपमा वृज स्मार्ट चाडै नै वजारमा आउदै गरेको उद्योगको उत्पादन शाखाले जनाएको छ ।
अहिले उद्योगले ओपिसीमा ८ हजार देखी १० हजार वोरा र पिपिसीमा १० हजार देखी १२ हजार वोरा सिमेन्ट दैनिक उत्पादन गरि वजार मागको केही हिस्सा पुरा गरि रहेको छ ।
प्रत्यक्ष रुपमा ३ सय जनालाई रोजगार प्रदान गरिरहेको यो उद्योगले अप्रत्यक्ष रुपमा ५ हजार भन्दा वढी मानिसलाई रोजगार दिएको देखिन्छ ।
लगभग १ अर्ब लगानीमा रहेको यो उद्योगमा केडिया अर्गनाइजेशनको ५० प्रतिशत र भारतको शान्ता सिमेन्ट उद्योगको ५० प्रतिशत लगानी रहेको छ ।
ताराचन्द्र केडियाको अध्यक्ष रहेको यो उद्योगमा गौरव अग्रवाल र मनोज कुमार केडियाले प्रवन्धक निर्देशकको कमाण्ड समालेर उद्योगलाई हाकिरहेका छन् ।
उद्योगले उत्पादन गरेको सिमेन्ट हाइड्रोपावरहरु, मेडिकल कलेजहरु, सडक निर्माण , पुल निर्माण ,एयरपोर्ट निर्माण, खानेपानी सस्थानहरुमा लगाएत राष्ट्रिय गौरवका आयोजनाहरुमा यसको प्रयोग भैरहेको उद्योगका महाप्रवन्धक रविरञ्जन कुमार ले जानकारी दिए ।
नेपालका आखुंखोला हाइड्रोपावर धादिङ ,लुम्बिनी विकास कोषका मुख्य मुख्य भवन निर्माण , नेपालको बन्दै गरेका सवैभन्दा ठुलो होटल टाइगर टप होटल चिलिहा रुपन्देही,लुम्बिनी अञ्चलका मुख्य मुख्य सडक निर्माण तथा पुलहरु, मेडिकल कलेजहरु युनिभर्शल मेडिकल कलेज भैरहवा ,गण्डकी मेडिकल कलेज पोखरा ,मेलम्ची खानेपानी आयोजना लगाएत निर्माण कार्यहरुमा वृज सुपर प्रिमियम ओपिसी सिमेन्ट प्रयोग भएको र निर्माणाधिन आयोजनाहरुमा समेत यो सिमेन्टको माग उच्च रहेको वृज सिमेन्ट उद्योगका आयोजना प्रमुख इन्जिनियर रविकुमार रौनियारले वताए ।
उद्योगले उत्पादन गरेका सिमेन्ट सहजरुपमा उपलव्ध गराउन सकिएको र मुल्य दरमा समेत उपभोक्तालाई राहत हुने किसिमले निर्धारण गरि विक्रि वितरण गरिएको जनाउदै उद्योगका विक्रि प्रवन्धक नुमेन्द्र पौडेलले भने,वृज सिमेन्ट आमउपभोक्तामा समेत लोकप्रिय वन्दै गइरहेको छ ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टोप वहादुर रायमाझीले वृज सिमेन्ट उद्योगले उत्पादन गरेको ब्राण्ड मध्ये ओपिसी सिमेन्ट गुणस्तरिय,एकरुपता र भरपर्दो रहेको वताए ।
उद्योगले आफ्नो भावि योजनाहरु तयार गरि कार्यक्रमहरु समेत गर्ने गरेको छ । अहिले उद्योगले नेपालका विभिन्न ठाउमा पुगेर आफ्नो उत्पादनको वारेमा जानाकारी दिदै प्राविधिक सहयोगमा कम लगानीमा उच्च गुणस्तरिय भौतिक संरचना निर्माण गर्ने वारे विभिन्न जानाकारी समेत दिने गरेको उद्योगको योजना शाखाले जनाएको छ ।
उद्योगले संरचना निर्माणमा कुनै समस्या देखिए या जानाकारी लिन आवस्यक रहे समेत आफ्नो टोल फ्री नम्वर १६६०७१५२८८८ समेत आम उपभोक्तालाई उपलव्ध गराउने गरेको छ ।
यो उद्योग वाट उत्पादन भएको सिमेन्ट नेपालभरी पाईने गरेको छ तर उपभोक्ता माग भने पुरा गर्न नसकेको उद्योग स्रोतले जनायो ।
नेपालको ठुला औद्योगिक घराना मध्येको केडिया अर्गानाइजेसनले वृज सिमेन्ट लगाएत बैकिङ, जलविद्युल आयोजनाहरु,चिनि कारखाना, सिताराम डेरी, यति कार्पेट लगाएतका दर्जनौ उद्योग प्रतिष्ठानमा लगानी गरि सञ्चालन गरेको छ ।
विक्रम सम्वत १९६५ मा वृज सिमेन्टका अध्यक्ष ताराचन्द्र केडियाका पिता वृजलाल केडियाले स्थापना गरेको औद्योगिक घराना अहिले सरकारलाई राजस्व वुझाउने मुख्य घराना समेत भएको छ ।