लुम्बिनीखबर
भैरहवा जेठ । सामुहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा चित्रकला र निवन्ध लेखन प्रतियोगीता सम्पन्न भएको छ ।

परिवारका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता तथा विद्यालय निरीक्षक लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यकममा प्याब्सनका केन्द ्र ीय सदस्य बिष्ण ्र ु पन्थी, शिक्षा प्रेमी केबी गुरुङ, भूपू अध्यक्ष गोकुल पोख्रेल, सल्लाहकार उदयकुमार मल्लिक, राजकुमार गुरुङ, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भरत गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव प्रेम नारायण पौडेलको सञ्चालन तथा उपाध्यक्ष एल बि रौतारको स्वागतमा संम्पन्न भएको थियो । प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । निबन्ध प्रतियोगीतामा छात्रा तर्फ न्यु मुन एकेडमीकी सर्मिला खनाल प्रथम , साई ग्लोबलकी स्मृती भण्डारी दिप्तीय , मिर्नवा ईड.लीस बोडीड. हाईस्कलकी सलोनी पासी ु तृतीय र कृष्टल नलेजकी बिप्रसनिका कोईर ाला सान्त्वना भएकी थिईन । त्यसैगरी छात्र एभरगिन प्यासेफिकका सोमनाथ ग ्र प्ता प ु थम्र , लुम्बिनी शिसु सदनका आकाश पासी दिप्तीय , यनिक होम्शका राकेश यादव तृतीय ु र नेपाल नालन्दा उच्च माबीका अनसुदिप शाहले शान्त्वना स्थान प्राप्त गरेका थिए । त्यसैगरी छात्र चित्रकला तर्फ नेपाल नालन्दा उच्च माबीका शाहील खान प्रथम , न्यु मुन एकेडमीका बिमल चौधरी दिप्तीय , मिर्नवा हाईस्कुलका बिश्व चौधरी तृतीय र प्युचर लाईट स्कुलका रोमीत बिक सान्त्वना भएका थिए ।त्यसैगरी छात्रा चित्रकला तर्फ नेपाल नालन्दाकी अन्कीता नास्कर प्रथम , शाही ग्लोबलकी जानबी काप्ले दिप्तीय , एभिएमका रुस्मा ठगुन्ना तृतीय र काशी नोवल एकेडमीका प्रिती धवलले शान्त्वना स्थान पाप्त गरेका थिए ।