logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    साहित्य सिर्जना शिविर सम्पन्न


    १० जेष्ठ २०७३ , सोमबार

    साहित्य सिर्जना शिविर सम्पन्न

    भैरहवा, जेठ । २५६० औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका स्रष्टाहरूले लुम्बिनीमै पुगेर साहित्य सिर्जना गरे । साहित्य सिर्जना शिविरको आयोजना प्रश्रित प्रतिष्ठान नेपालले गरेको हो ।

    DSC03241
    सिर्जनाका माध्यमबाट स्रष्टाहरूले बुद्ध र बुद्धत्वको उद्गम भूमि नेपाल रहेको विषयलाई मूलभूत रूपमा उठाएका थिए । विहान ९ बजे मायादेवी मन्दिर र लुम्बिनीका केही स्तुपाहरूको दर्शन अवलोकन गरेपश्चात् स्रष्टाहरूको बुद्ध र लुम्बिनी विषयमा राजकीय विहारमा रहेर सिर्जना गरेका हुन् ।
    शिविरमा सिर्जना भएका रचनाहरू लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाकक्षमा अपरान्ह प्रस्तुत गरिएको थियो । सो अवसरमा स्रष्टा र श्रोता गरी डेढ सय जतिको उपस्थिति रहेको थियो । प्रा.डा. कपिल लामिछानेको अध्यक्षताका सम्पन्न सिर्जना प्रस्तुतीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका राजिस्ट्रार तिलक आचार्यले गौतम बुद्धको करुणाभाव महŒवपूर्ण र शाश्वत विचार रहेको बताउनु भयो । डिन भद्ररत्न वज्राचार्यले सिर्जना शिविरमा सिर्जना भएका रचनाबाट आफू सन्तुष्ट भएको बताउनु भयो ।

    DSC03293
    अध्यक्ष प्रा.डा. कपिल लामिछानेले गौतम बुद्धका विचार र कर्मलाई सिर्जनात्मक साहित्यका माध्यमबाट अझ प्रभावकारी ढङ्गले प्रचार प्रसार गर्न सके नेपालको पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान पुग्ने बताउनु भयो । कार्यक्रममा स्रष्टाहरूले यस्तो साहित्य सिर्जना शिविर फलदायी भएकाले हरेक वर्ष आयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    DSC03277
    । सिर्जना शिविरमा बूँद राना, सोनु गुरुङ, प्रा.डा. कपिल लामिछाने, मोदनाथ शास्त्री, बालकृष्ण भट्टराई, डिल्लीराज भट्टराई, विजय सागर, डा. शंकरप्रसाद नेपाल, कृष्णप्रसाद बस्याल, रामबहादुर श्रेष्ठ, ऋषि आजाद, सीता काफ्ले, विश्वप्रेम काफ्ले, डा. लक्ष्मी पोखरेल, लक्ष्मीप्रसाद अधिकारी, युवराज शर्मा खनाल, पुनाराम गिरी, देवेन्द्र घिमिरे, गङ्गा अभिलाषी, तेजप्रसाद पन्थ, सुवास रिजाल, डी.बी. पुन, छवि ज्ञवाली, लक्ष्मी शर्मा, हृदय लेकाली, दीपक प्रधान, लता प्रधान, विमला पोखरेल, कविता लामिछाने, शशी पन्थी, सावित्री घिमिरे, केशव शर्मा, नन्दराम गौतम, नैना नेपाल, राधिका अर्याल, दुर्गा विक, निशान्त लामिछाने आदि स्रष्टा सहभागी भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.