logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कान्छो छोरा बनाई भारतीय नागरिकलाई नागरिकता दिने महिला पक्राउ


    १२ जेष्ठ २०७३ , बुधबार

    कान्छो छोरा बनाई भारतीय नागरिकलाई नागरिकता दिने महिला पक्राउ

    १२ जेठ, अर्घाखाँची । आफ्नो कान्छो छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    भारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

    hatkadi3
    जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस गर्यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी भारतीय नागरिक रहेछन् ।

    छोरीसमेत भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

    गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.