logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भाइरल फोटो, प्लास्टिकको कुर्सीमा बसेर ओबामाले खाए ६ डलरको खाना


    १२ जेष्ठ २०७३ , बुधबार

    भाइरल फोटो, प्लास्टिकको कुर्सीमा बसेर ओबामाले खाए ६ डलरको खाना

    बीबीसीको सहयोगमा

    धेरैले यो तस्वीरको सत्यतामा शंका गर्छन् । शंका नगरुन पनि किन ? विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति एउटा मामुली होटलभित्र प्लास्टिकको कुर्सीमा बसेर सस्तो खाना खाइरहेका छन् ।

    तर, यो कुनै ट्रिक गरिएको फोटो होइन । ओबामा जस्तै देखिने व्यक्ति बाराक ओबामा नै हुन् । उनीसँग टेबल शेयर गरिरहेका व्यक्ति चाहिँ प्रख्यात सेफ एन्थोनी बोर्डेन हुन् ।

    भियतनामको हानोईमा पुगेका ओबामा आम मानिसहरुले खाना खाने होटलमा किन छिरे त ?

    Barack-Obama-and-Anthony-Bourdain

    यो प्रश्न भन्दा पनि रोचक र अविश्वसनीय पक्ष के छ भने होटलभित्र रहेका कसैले पनि ओबामालाई वास्ता गरेको देखिँदैन । सबै आफ्नो सुरमा खाना खाइरहेका छन् ।

    तस्वीर हेर्दा यस्तो लाग्छ कि ओबामालाई उनीहरु कसैले चिनेनन । फेरि बोर्डेन आफैंमा एक सेलिब्रिटी हुन् । उनी सेफ बन्नुभन्दा पहिले टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । अहिले पनि एउटा कार्यक्रम होस्ट गर्छन् ।

    पक्कै पनि ओबामा ठूलो सुरक्षाका साथ त्यहाँ पुगेका थिए, जून तस्वीरमा देखिन्न । पत्रकारहरुले पछ्याएका पनि थिए । तर, भित्रको दृष्य यस्तो छ मानौं ओबामा केही होइनन् ।

    खासमा यो एन्टोनी बोर्डेनः पाट्र्स अननोन नामक टेलिभिजन कार्यक्रमका लागि गरिएको सुटिङ रहेछ । पहिलो पटक भियतनामको भ्रमणमा गएका ओबामाले यस्ता कामका लागि पनि समय निकाल्न भ्याए ।

    ओबामालाई बाहिर पत्रकारहरुसहित ठूलो भिडले पछ्याए पनि उनीहरु सबैलाई बाहिरै रोकिएको रहेछ । एक छिनका लागि उनका सुरक्षाकर्मीहरु पनि बाहिरै बसेका रहेछन् ।

    अमेरिकी राष्ट्रपति ओबामा बाहिर निस्केपछि भीडले फेरि उनलाई छोपिहाल्यो । ओबामाले खाएको खानाको मूल्य केवल ६ डलर रहेको बोर्डेनले ट्वीटरमा जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.