नरेश के.सी
भैरहवा, जेठ १२ ।
शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले आज मंगलबार विहान भैरहवाबाट ४७ लाख ६६ हजार ५ सय ८० रुपैयां बराबरको सुन बरामद गरेको छ ।

शसस्त्रको सिभीलमा खटिएको विशेष टोलीले विशेष सुराकीको आधारमा ८५ दशमलब ७३ तोला अर्थात १ किलो सुन भैरहवा स्थित सिनपा ३ आखां अस्पताल क्षेत्रबाट पक्राउ गरेको हो ।

बरामदीत सुन सहित शसस्त्र प्रहरीले भारतको मोतीहारी बस्ने वर्ष २६ का सुजित कुमार र सोही ठाऊ बस्ने वर्ष २५ का हरि ओम कहांरलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति र बरामदित सुनलाई भन्सार ऐन २०६४ अनुसार कारबाहि हुने शसस्त्र प्रहरीबल राजस्व एवं भन्सार गस्ती गुल्मका गुल्मपति डिएसपी शंकर खनालले जानकारी दिए ।

सुनको चोरी पैठारी भईरहेको गोप्य सुचनाको आधारमा काठमाण्डौंबाट भैरहवाको रात्री बसमा हिडेंका ती भारतीय युवालाई शसस्त्र प्रहरीले पिछागरी भैरहवाबाट सुन सहित पक्राउ गरेको शसस्त्र प्रहरी बलका निरीक्षक तुल्सीराम पाण्डेले बताए ।