बुटवल जेठ । तिलोत्तमा नगरपालीका–२ शंकरनगरमा चुरामा बुटिक गर्ने सिप मुलक तालिम सुरु भएको छ ।
तिलोत्तमा नगरपालिका शंकरपुर रुपन्देहीको आर्थिक सहयोग तथा मिलिजुली आमा समुह तिलोत्तमा नगरपालिका–२ शंकरनगरको आयोजनामा तालिम सुरु भएको हो ।

सात दिनसम्म चल्ने तालिममा प्रशिक्षक श्याममाया फाल मगरले व्यावहारिक ज्ञान प्रशिक्षण वाट प्राप्त हुने वताइन ।
मिलिजुली आमा समुहकी कार्यबाहक अध्यक्ष दीना चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक वडा मन्च तिलोत्तमा नगरपालीका–२ का संयोजक काँशीराम काफ्ले, संस्थाका सल्लाहकार हिमलाल बस्याल, संस्थाकी सचिव बसुन्धरा पाण्डे, सह–सचिव नेत्र कुमारी बस्याल, जागृती युवा क्लवका अध्यक्ष अर्जुन पौडेल, गीता बस्याल, सीता न्यौपाने लगायतले तालिमले महिलाहरुको जीवन स्तरमा सुधार ल्याउने बताएका थिए ।
तालिममा तिलोत्तमा नगरपालीमा १ देखी ५ सम्मका २० जना महिलाहरुको सहभागिता रहेको छ ।
आमा समुहले महिलाहरुकालागी बिभिन्न सरकारी, गैरसरकारी संस्थाहरुसंग समन्वय गरी बेमौसमी तरकारी खेती, बुटिक तालिम, गोठ सुधार कार्यक्रम संचालन गर्दै आईरहेको छ ।