लुम्बिनीखवर
भैरहवा, जेठ । सामाजिक क्षेत्रमा क्रियाशिल नेटवर्किङ संस्था वुमेन रुम रीलोडेड(डब्लु.आर.आर.)ले भैरहवा स्थित सत्यसाई गराएका छन् ।

सस्थाले बिहानै देखि आफन्त बिहीन भएर आश्रममा आश्रय लिन बाध्य भएका बृद्धबृद्धालाई माया सहीत आफैले भोजन तयार गरी खुवाएका थिए ।
बिदेशका बिभिन्न देशमा रहेका नेपाली महीलाहरुको संजाल डब्लु आर आर ले नेपालमा रहेका बिभिन्न गैरसरकारी सस्थाहरुको सहकार्यमा नेपालका बिभिन्न क्षेत्रका असहाय,दिन दुखी बृद्धबृद्धाहरुलाई मद्धत गर्दै आएको छ ।
अहिले सम्म भैरहवा सहीत काठमाण्डौ,बुटवल,झापा,मोरंग,लगायतका शहरमा काम गरेको अभियान अन्तरगत नेपालमा रही सहयोग गर्दै आएको सस्थाकी सदस्य मिना क्षेत्रीले बताईन् ।
सस्थाले बृद्धबृद्धालाई बृद्धाश्रम होईन माया दिऔं भन्ने नारा सार्दै बृद्धबृद्धालाई आश्रममा हैन घरमै माया दिनु पर्ने अभियान अगाडी बढाएको छ ।
सस्थाले क्यान्सरका केही बिरामी र निमोनिया ग्रसित बालबच्चालाई पनि सहयोग उपलब्ध गराएको बताएको छ ।