logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनीको हत्या, प्रेमीसहित ३ पक्राउ


    १३ जेष्ठ २०७३ , बिहिबार

    फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनीको हत्या, प्रेमीसहित ३ पक्राउ

    काठमाडौैं, १३ जेठ । राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ ।

    नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार कक्षा ११ को परीक्षा दिएर घरमा एक्लै रहेकी १७ वर्षीय मनिषा बुधबार राति नवलपरासीको बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको र कोठामा रगतका छिटा पनि भेटिएको छ ।

    manisa

    जसबाट उनको हत्या भएको देखाउँछ । एसपी चौधरीले पोस्टमार्टमको रिपोर्ट नआई हत्या नै गरेको हो भन्न नसकिने बताए । उनले भने– ‘पोस्टमार्टमको रिपोर्टपछि हत्या हो वा आत्महत्या सबै खुल्छ । हामी अनुसन्धानमै छौं ।’

    प्रहरीको सोधपुछमा छिमेकीले ‘बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटबल गएकी थिइन् । त्यही बेला दुई जना युवक उनको घरमा आएको र झगडा भएको थियो । झगडा गरेर युवाहरु बाहिरिएपछि विहान मनिषा मृत भेटिइन्’ भन्ने जानकारी दिएको एसपी चौधरीले बताए ।

    यस्तो हुनसक्छ घटनाको कारण, प्रेमी समातिए

    छिमेकीकै वयानलाई आधार मान्दै प्रहरीले घटनामा संलग्न भएको अभियोगमा आशिष चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका आशिष मनिषाका प्रेमी भएको खुल्न आएको छ । आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी चौधरीले मनिषाको हत्या प्रेमीबाटै भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बताए ।

    मनिषाको शव अहिले परासीस्थित अस्पतालमा राखेर पोस्टमार्टम गरिँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.