logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    वरिष्ठ साहित्यकार लिगललाई सम्मान


    १३ जेष्ठ २०७३ , बिहिबार

    वरिष्ठ साहित्यकार लिगललाई सम्मान

    सावित्री घिमिरे
    भैरहवा, जेठ । वरिष्ठ साहित्यकार गंगा लिगललाई विश्व नारी नेपाली साहित्य सम्मेलनले एक कार्यक्रम विच शुक्रवार भैरहवामा सम्मान गरेको छ ।

    13254759_1026993774052589_5777449904188548701_o
    संस्थाको लुम्बिनी अञ्चलको आयोजना र रुपन्देहीको संयोजनमा भैरहवा स्थायी घर भएकी  र हाल अमेरिकामा वसोवास गर्ने लिगललाई प्रमाण पत्र र दोसल्ला ओढाई स्रष्टा सम्मान गरेको हो ।
    संस्थाकी रुपन्देही अध्यक्ष लक्ष्मी शर्माले प्रमाणपत्र र दोसल्ला ओढाई लिगललाई सम्मान गरकी हुन ।
    नेपाली साहित्यक्षेत्रमा महिलाहरुलाई साहित्य  प्रति उत्प्रेरणा जगाउने कार्यमा अग्रणी भुमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो ।
    अमेरिकामा वसोवास गरेर पनि नेपाली महिलाहरुको पक्षमा महत्वपूर्ण योगदान पु¥याएकी लिगलले आफ्ना रचनाहरु मार्फत  नेपाली साहित्यक्षेत्रमा निरन्तर योगदान पुराउदै आएकी छिन ।
    सम्मान कार्यक्रममा लिगलको व्यक्तित्व तथा उनका रचानाहरुको वारेमा समेत व्याख्या गरिएको थियो । साहित्यकार डा. लक्ष्मी पोखरेलले लिगलका  विहानी, गंगाका लहर ,युगज्योती , आमा, गंगा तरङ जस्ता कृतिहरुले नेपाल देखी अमेरिका सम्म लोकप्रियता कमाएको वताएकी थिइन ।
    सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ साहित्य संगमका अध्यक्ष तेज प्रसाद पन्थ लगायतले समेत लिगलको साहित्यिक यात्राबारे  प्रकाश पारेका थिए ।
    साहित्यकारहिरु कविता रिजाल, लक्ष्मी ज्ञवाली, दुर्गा पौडेल, विन्दु सिग्देल लगायतले कार्यक्रममा आआफ्नो रचना वाचन गरेका थिए ।

    वरिष्ठ समालोचक बालकृष्ण भट्टराई, विश्व नारी नेपाली साहित्य सम्मेलनकी अञ्चल अध्यक्ष कृष्णादेवी शर्मा, उपाध्यक्ष दुर्गा पौडेल, सचिव भगवती अर्याल, पाल्पा जिल्ला अध्यक्ष लक्ष्मी ज्ञवाली, कपिलवस्तु जिल्ला अध्यक्ष विन्दु सिग्देल लगायतको  सम्मान कार्यक्रममा सहभागीता रहेको थियो ।
    विश्व नारी नेपाली साहित्य सम्मेलन भैरहवा शाखाकी  सदस्य सीता काफ्लेको संचालनमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.