जनता संग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरी राज्यको एक महत्वपुर्ण अङग हो । जनताको सवै भन्दा धेरै गालि र ताली समेत वेला वेलामा यो संगठनले पाउने गर्दछ ।
यो संगठन जनप्रिय र विश्वसनिय हुनुपर्ने भन्दै रुपन्देही जिल्लाका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ आफ्नो कार्यक्षेत्रमा तल्लिन देखिन्छन् ।अरु प्रहरी प्रमुखको भन्दा फरक विचार ,फरक कार्यशैली भएका गुरुङ यहाका सर्वसाधरण माझ लोकप्रिय प्रहरी प्रमुखको रुपमा परिचित रहेका छन् । गुरुङ भनेका पिडक र पिडितको पहिचान गर्ने क्षमता भएको प्रहरी प्रमुख हुन । उनले जति दवाव परेपनि अन्यायमा परेकाहरुका लागी न्याय दिएर नै अगाडी वढने गरेका छन् । भनसुनको आधारमा उनले कुनै पनि निणर्य गर्दैन ।अनुसन्धात्मक यर्थातमा पुगेर मात्र सत्यको पहिचान गर्न सक्ने क्षमता यिनले राख्दछन् । घटनालाई गहिराइमा पुगेर अनुसन्धान गर्ने ,सवैलाई समानरुपमा हेर्ने यिनको निडरतालाई रुपन्देहीवासीले सलाम गर्ने गरेका छन् । सिपाही देखी अधिकृत सम्मका आफ्ना प्रहरीले गरेको गलत कामलाई सजाय र राम्रा कामको मुल्याङकन गरि पुरस्कार समेत दिने गरेका गुरुङले कार्यक्षेत्रमा खटिने आफु मातहतका प्रहरीलाई उच्च मनोवलमा राख्नु आफ्नो पहिलो कर्तव्य सम्झीन्छन् ।
विक्रम सम्वत २०२७ सालमा विकट जिल्ला ताप्लेजुङका गुरुङ परिवारमा जन्म लिएका एसपी गुरुङले एसएलसी समेत गाउकै स्कुलवाट गरेका थिए ।काठमान्डौ आएर क्याम्पस पढेका यिनले कानुनमा स्नातक सम्मको अध्यायन पुरा गरि २०५१ सालमा प्रहरी निरिक्षक वाट प्रहरी सेवामा प्रवेश गरेका हुन । श्रीमती र एक छोरा एक छोरीका पिता गुरुङ प्रहरी र जनताको सहकार्यले मात्र समाज विकास गर्न सकिने वताउछन् ।
संगठनले कोचोभो,स्टिमर, भारत ,बंगलादेश, भेयतनाम जस्ता देशमा तालिम र मिसनमा खटाउदा समेत उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी निभाएका गुरुङ प्रहरी संगठन भित्र समेत इमान्दार र अनुसाशित प्रहरी अफिसरको रुपमा चिनिन्छन् ।
एसपी गुरुङले देशभित्र समेत अर्घाखाची, इलाम,स्याङजा र वाग्लुङ जस्ता जिल्लामा सफल प्रहरी प्रमुख भएर आफ्नो जिम्मेवारी निर्बाह गरिसकेका छन् । अहिले तस्कर, कालावजारी र लागुऔषद ओसार पसार गर्नेका वाधक वनेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी समालिरहेका गुरुङ संग समसामुयिक विषयमा रहेर पत्रकार कमल रायमाझीले गरेको कुराकानी ।
एक प्रहरीले दैनिक रुपमा आफ्नो कर्तव्य केहो भन्ने सोच्नु पर्दछ ?
प्रहरीले जनता र देशका निम्ति काम गर्ने एक कर्तव्र्यनिष्ट सिपाहीको रुपमा आफुलाई दर्ज गर्न सक्नुपर्दछ । उसको जिवन शैलि ,जिवन पद्धती प्रहरीको नियम अनुसार अगाडी वढनु पर्दछ । उसलाई संगठनले प्रदान गरेका विभिन्न तालिम,ज्ञान, सिपलाई कार्यक्षेत्रमा लागु गर्नुपर्दछ । इमान्दार, अनुसाशित भएर एक प्रहरीले जोखिम संग सामना गर्न सक्ने अनुशासित र इमान्दार भएर आफ्नो कर्तव्यलाई सधै संझीनु उसको कर्तव्य हो ।
प्रहरीले काम गरेन,भ्रष्ट छ,सुशासन कायम राख्न सकेन भन्ने आरोप वेला बेलामा लाग्ने गरेको छ नि ?
विगतमा केहि त्यस्ता आरोपहरु आउने गरे पनि अहिलेको प्रहरी त्यस्ता आरोप प्रति सजक छ । पेशागत जिम्मेवार प्रति इमान्दार भएर कार्यक्षेत्रमा प्रहरी खटिएका छन् । अनुशासित भएर आफ्नो कर्तव्य, पेशागत ज्ञान ,सिप र दक्षता भएका प्रहरीहरु संगठन भित्र रहेका छन् । जो आर्थिक प्रलोभनमा नपरी पेशागत इमान्दारी र चिन्तनको विकास गर्दछ । उसलाई यस्ता आरोपहरु खेप्न पर्दैन । विगतमा लागेका केहि आरोपहरु अहिलेको प्रहरीले विस्तारै मेटाउदै अगाडी वढेको छ । म यहाहरुलाई अनुरोध गर्न चाहान्छु । अहिलेको प्रहरी २१ औ सताव्दीको प्रहरी हो । जनताको सुरक्षाको लागी २४ औ घण्टा जिम्मेवारपुर्वक कार्यक्षेत्रमा खटिएको छ ।
यस जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागी जिल्ला प्रहरी प्रमुखले कस्ता कुरालाई महत्व दिनुपर्दछ ?
भौगोलिक दृष्टीकोणले पनि यो जिल्ला चुनौतीपुर्ण जिल्लाको रुपमा रहेको छ ।भारत संगको खुल्ला सिमाना,महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल कै दोस्रो ठुलो भन्सार नाका वेलहिया, निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका कारणले पनि यो जिल्ला शान्ति सुरक्षाका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । यसका साथसाथै राष्ट्रिय गौरवका विभिन्न विकास निर्माणकाका कामहरु तिव्रता ,१ उपनगरपालिका का साथै ५ नगरपालिका , उच्च जनघनत्व ,विभिन्न जात, भाषा र धर्म ,मधेसी, पहाडी र मुस्लिम समुदायहरुको संगमस्थल रहेको जिल्ला पनि यो हो । विभिन्न कारणहरुले पनि यो एक प्रहरी प्रमुखका लागी चुनौतीपुर्ण रहेको छ । यो जिल्लामा मैले उच्च सर्तकतामा रहेर शान्ति सुरक्षालाई प्रमुख प्राथामिकतामा राखेको छु ।
जिल्लाको प्रहरी कमाण्ड समाल्दै गर्दा यो जिल्लालाई शान्ति सुरक्षाको दृष्टिकोणले यहाले कसरी हेर्नु भएको छ ?
सुरक्षा कायम राख्नका लागी जटिलता भएको जिल्ला हो ,रुपन्देही । यहाको सुरक्षाको मुख्य चुनौती नै सिमा क्षेत्रिय अपराध,कुनै पनि शक्तिको आडमा हुनसक्ने गुण्डागर्दी ,लागुऔषद ओसार पसार ,कालावजारी र तस्करहरुको नियन्त्रण का साथै न्युनीकरण मेरो मुख्य जिम्मेवारी हो । यस्ता कुराहरु अन्त्य गर्नका लागी रुपन्देही प्रहरी परिचालित भएको छ । यहाको नागरिक समाज, राजनितिक दल र विभिन्न संघ सस्थाको सहयोग र सहकार्यमा प्रहरीले आफ्नो जिम्मेवारी वहन गरेको छ ।
यहालाई मानिसहरु व्यवहारिकता नभएको प्रहरी प्रमुख (एसपी) भन्छन नि ?
मानिसहरुको स्वाभाव पनि फरक फरक किसिमको हुन्छ ।म व्यवसाहिक पेशाप्रती प्रतिवद्ध प्रहरी हु । गैरव्यवसाहिक पव्लिक सम्वन्धलाई मैले कम जोड दिन्छु ।जहा कानुन र प्रहरी संगठनलाई असजिलो हुनसक्छ । न्याय र कानुनको पक्षमा सधैव उभिदा कसैलाइै असजिलो पर्न जान्छ । आफ्नो जिम्मेवार प्रति प्रतिवद्ध भएर अगाडी वढदा कसैले गतल सम्झौता गराउन खोज्छ भने म कदापी स्विकार्दिन ।
तस्कर तथा कालावजारीको मुख्य केन्द्र मानिने रुपन्देहीमा यहाको नेतृत्वमा रहेको प्रहरी संगठन कसरी परिचालित छ ?
मैले भनिसके रुपन्देही जिल्ला चुनौतीपुर्ण जिल्ला हो । यहाको समस्याहरु प्रसस्त छन् । यसका लागी हाम्रो प्रहरी गाउ,गाउ देखी सिमा सम्म परिचालित छ । हामीले युनिटस्तरमा प्रहरी परिचालन गरेका छौ । जहा उसको कार्यक्षेत्र तोकिएको हुन्छ र उसले कार्यक्षेत्र भित्रको जिम्मेवार पुरा गरेको हुन्छ । मुख्य रणनितिक स्थानहरुमा सादापोसाक र युनिफर्ममा पनि प्रहरी परिचालन भएका छन् । प्रहरी कार्यक्ष्ँेत्रमा खटिदा इन्फर्मेशन मुख्य स्रोत हो । यसको सहि सदुपयोग गर्दै रुपन्देही प्रहरी अहिले उच्च मनोवलका साथ कार्यक्षेत्रमा परिचालिन छ ।
कार्यक्षेत्रमा कामगर्दा यहालाई राजनितिक दवाव कत्तिको आउने गर्दछ ?
दवाव विहिन समाज पाउन अहिले गाह्रो रहेको छ । एउटा प्रहरी प्रमुखलाई यस्ता दवावहरु आउछन् यो स्वाभिक कुरा हो ।दवाव कुन किसिमको हो ,मैले यसको पहिचान गरि अगाडी वढने गरेको छु । कुनै सुझावको रुपमा लिने गरेको छु भने कुनै दवाव लाई प्रतिवाद गर्ने गरेको छु । कुनै पनि दवावले कानुनी मुल्य मान्यता र न्यायलाई मार्न दिने काम म वाट कदापी हुदैन । यसमा म विश्वस्त रहेको छु ।
लागु औषद विरुद्धको अभियानमा रुपन्देही प्रहरीको भुमिका के रहेको छ ?
यो जिल्ला लागुऔषदको मुख्य समस्याको रुपमा समेत रहेको छ । ओसार पसार गर्ने नाकाको रुपमा लागुऔषद तस्करहरुले यो जिल्ला लाई प्रयोग गर्ने प्रयास गर्दछन् । सेवनकर्ता सिमापार गरि सेवन गर्ने र नेपाल फर्किने समेत गरेका छन् । यसका लागी हामीले विभिन्न संघ सस्था संग सहकार्य गर्दै योजनावद्ध रुपमा परिचालित भएको छौ । अहिले प्रहरीले स्कुल ,कलेजमा पुगेर सम्पर्क सचेतना कार्यक्रमहरु गरेको छ । गाउ गाउ सम्म पर्चा पम्पेलेटिङ जस्ता चेतनामुलक कामहरुलाई प्राथामिकतामा राखेर अगाडी वढेको छ । अन्तरक्रिया तथा सामाजिक सचेतनामा निरत्तरता दिएको छ । यसरी गर्दा युवा जगतमा लागुऔषदको माग न्युनीकरण गर्ने प्रयासमा रुपन्देही प्रहरी लागेको छ ।
प्रहरी आफै सिमाक्षेत्रमा परिचालित भएर भारतिय वजार वाट हुने ओसार पसार लाई नियन्त्रण गर्न प्रयासरत रहेको छ ।
यहा प्रहरी संगठनको सस्थागत स्वार्थमा रहने , आर्थिक प्रलोभनमा नपर्ने प्रहरी अफिसरको रुपमा परिचित हुनुहुन्छ । यसरी काम गर्दा एक प्रहरी अफिसरको परिवारले चाहने उच्च महत्वकाक्षा तथा उनिहरुको माग पुराहुन सक्छ ?
पेशाप्रति र संगठन प्रति जिम्मेवार भएर अगाडी वढदा तपाईले भनेझै परिवारले खोज्ने उच्च महत्वकाक्षा पुरा गर्न कठिन छ । मैले सुरु देखी नै पेशागत स्वार्थलाई अग्रमोर्चामा राखेर काम गरेकाले यस वाट विचलित हुन सक्दैन् । श्रीमती संग समेत मेरो यहि सहमतीमा विवाह भएको हो । छोरा छोरीले कहिले काही यस्ता ठुला डिमाण्डहरु राख्ने गर्दछन् । श्रीमतीले यस्ताकुराहरु उनिहरुलाई सम्झाउने गरिकिछिन् ।
यस जिल्लामा अच्युत कृष्ण खरेल, विक्रम सिंह थापा जस्ता जिल्ला प्रहरी प्रमुख आए तर फरक पहिचान र छाप समेत फरकरुपमा पारेर गए । यहाले त्यस्तो कुनै पहिचान र छाप छोडन् सक्नुहोला ?
समय र परिस्थितीले मानिसहरुलाई स्थापित गरेको हुन्छ । हिजो र आज फरक भैसकेको छ ,यो समाज । प्रहरीको शान्ति सुरक्षाका लागी गरिने कार्वाही पनि फरक र बैज्ञानिक भएको छ । संगठनले दिएको जिम्मेवारी पुरा गर्न यहा आएकाले आफ्नो पेशागत जिम्मेवारी पुरा गर्न म तयार र प्रतिवद्ध छु । मेरो कार्यले फरक पहिचान र छाप पर्न पनि सक्छ । नपर्न पनि सक्छ । यस प्रति मेरो ध्यान गएको छैन् ।