logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    गणतन्त्रमा वामपन्थी सरकार


    २४ बैशाख २०७३ , शुक्रबार

    गणतन्त्रमा वामपन्थी सरकार

    सीता काफ्ले
    हाम्रो जस्तो भुपरिवेष्ठित देश  अनेकन राष्ट्रहरूको सदासायताको निगाहामा बाच्नु पर्ने हुँदा हँुदै पनि राष्ट्रियताका निमित्त पठाएका महाशयहरु सबै ठुलै ठुला जुगाँको लडाई भिठो र निको लाग्ने गर्दछ । अहिलेको जुधाई पनि उस्तै उस्तै हो जस्तो लाग्छ ।  विश्वास गरेर  पठाएका जेठा दाईको भूमिका निभाउनु पर्ने कति  दाजुहरु छिमेकीको संघार कुर्नेको भन्दा कम भूमिका देखिएन नीति र्निमाण गर्ने ठाउँमा आँफै पुग्ने आफैले   अवरोध खडा गर्ने यो कस्तो खालको  राजनीति हो ? आफै धामी आफै झाँक्री भुकम्पले आघात छिया छिया भई च्यातिएको मन सिलाउन आएका टाटा समेत काखी च्याप्ने उनकै लागी निगाहामा प्राप्त भएका दान दातप्य माथि गिद्दे दृष्टि लगाउने सर्वसाधारण जनताहरु बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु पर्ने कस्तो उदेक लाग्दो   रोग भित्रिएको हो ।
    जनताका आधारभुत स्वास्थ्य, शिक्षा, गाँस, वास, कपास जस्ता अति आवश्यक वस्तुमा पनि लाखाँै करोडाँैका कमिशनको खेल हुने राष्ट्र खोक्रो बनाएर  गर्भमा हुर्कदै गरेको शिशु समेत ऋणको भागेदार बन्नु पर्ने कस्तो विडम्बना हो । राष्ट्रको अर्थतन्त्र डामाडोल भएको छ । भ्रष्टाचारले सिमा नाघेको बेला राष्ट्रमा झन् झन् ठुला ठुला खाडलहरु पर्नु त्यति राम्रो पक्ष मानिँदैन । हिजो चप्पल लगाएर राजनीतिमा प्रवेश    गरेका व्यक्तिहरु रातारात ऐश्वर्य प्राप्ति जस्तो गरी करोडाँै प्राडो पजेरो आलिसान महलको डकार काड्दैछन् । कनिकुथि बचेको राष्ट्रवाद पछिल्ला गतिविधीले अझ अन्यौल सिर्जना गरेको छ । स्वाभिमान र  राष्ट्रियता माथि प्रहार हुने गरी बर्सिएका चुनौतीहरुले आपनत्व हराएर हेपाहा र अहम्तावादको नेतृत्व   गरिरहेको छ । आफनो अभिष्ट सोच पुरा गर्नका लागी दोस्रो पक्षको वाक स्वतन्त्रताको हनन भईरहेको देखिन्छ ।
    सार्वभौमको नाममा स्वाधिनताको ठाडो चुनौती बनिरहेको अवस्थामा जति पहिले पहिले हुने गरेका राष्ट्र सर्मपणवाद पुन नदोहोरिउन भन्ने हाम्रो अपेक्षा हुँदाहुँदै पनि  नेपालमा मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्र संघ बालकोषका निर्देशकले घोषणा          गरिसकेका छन् भने विश्वखाद्य  कार्यक्रमले पनि ठुलो चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिईसकेको छ । भुकम्प प्रभावित क्षेत्र समेत गरी नेपालमा करिव ३० लाख बालबालिका जोखिममा परेको  डाटा देखाएको छ । अहिले सरकार गाईजात्रे भएको छ  वामपन्थी विचारधारावाट अभिपे्ररित सर्वहाराका नारा बोकेर हिँड्ने विचारीहरु जनताका भत्किएका घर च्यातिएका मनको मलम पट्टी गर्नु त कता हो कता विलासीका शर्त सुविधा भोगीको सेरोफेरो मै सत्ता टिकाउने दाउमा केन्द्रित देखिन्छन् । भुकम्पले आक्रान्त जनताले औषधी छानो समेत पाउन नसकिरहेको अवस्थामा देशका विशिष्ट व्यक्तित्वहरुका निमित्त सम्मान स्वरुप ढिकुटी रित्याउने काम भएको देख्दा जनता जनता होइनन् जस्तो लाग्छ । नाकाबन्दी पनि कस्तो नाकाबन्दी  होला कालाबजारीहरुलाइ बन्दले फरक पारेकै छैन ।  रातारात ट्याङकरका ट्याङकर इन्धन बिक्री गरी पैसा असुल्न कम्मर कसेकाहरुलाइ नाका बन्दको  बहानामा ब्रह्मलुट पारी जनताको रगत पसिना चुसिरहेका छन् ।
    बेसहारा जनता भोक रोगको चपेटामा मृत्युसँग लडिरहेकै छन् । सरकार वार्ताको नाउँमा मामाको धन फूपुको श्राद्धमा दिन बिताइरहेको छ । झुठो खेतीको सिकार जनता भइरहेका छन् । लाचारिताको पराकाष्ठ नाघेर राज्य संचालन भइरहेको छ । सिनेमाका खलनायकले आफ्नो आपराधिक क्रियाकलापलाई गर्वका साथ वर्णन गरेझँै सिमानामा नाका बन्द गराएर आफ्नै भाईभारदारका घर आँगनमा ढुंगा बर्साएर पराईको अभिष्ट सोच परिपूर्ती गराउन तल्लीन हाम्रा मित्र हरुका आँखा कहिले  खुल्ने हुन्  । अनि गर्भवती आमा र शिशुले न्यानो तातो थाङ्नो कहिले सम्म पाउन सक्छन् । बढ्दै गरेको चिसो सिरेठोमा काँपेका मुटुले कहिले ओतको अनुभूति पाउने हुन, शिक्षाको ढोका कहिले सम्म बन्द हुने हो अझै गर्भभित्र कै कुरा हुने भो । भाला तरबार प्रयोग गरी जीवन लिला समाप्त पार्न सम्म पछि नपर्ने वाहर हाम्रा राष्ट्रप्रेमी खलनायकहरु राष्ट्र र   राष्ट्रियताका गीत गाउने स्वाभिमानका खोक्रा खोल ओढ्ने  इमान्दारी धर्ती पुत्र गर्भको शिशुले बाटो नपाएर मसानघाट पुग्न थालिसके । बालबालिका तातो जाउलो र ती बुढी आमा माड बिना पटुकी कस्दैछन् । अभावै अभावले पिरोलिएको समाज थाँती राखेर विलासी यस आराममा रुमल्लिँदै औचित्य बिनाको दौरा सुरूवाल कोट लगाएको छ सरकार । ३६५ दिनको एकवर्ष भएझँै दिनको एकजना मन्त्रीहरुको कोटा पु¥याउने होडबाजीमा लागिरहेको छ ।  हाम्रो देशको चाला हेर्दा “जुन गोरुको सिङ छैन उसैको नाम तीखे” भने झै यथार्थ भएको छ ।
    भत्केको घर पुननिर्माण गर्न वर्षाँै वर्ष खर्च गरेर पनि पुरा गराउन सक्दैन । जहाँ नातावादको भुमरीमा लावालस्कर अघि लाउँछ, त्यहाँ लोभी मन पापी भएपछि शिवजीका पनि तिन नेत्र भनेझैँ  । नेता महाशयहरुलाइ रुगा खोकी पखाला लागे जापान  अमेरिका सम्म पु¥याउन भ¥याङ बन्ने यिनै जनता त हुन् । एकाएक शत्ताको   रापतापमा रमाउन थाल्छन् अनि नातावाद कृपावादको राजनीति सुरू हुन्छ जनता सामु बोलेका बाचा सबै झुठा हुन थाल्छन् । स्वदेश देखि  विदेश, भान्सा हुदै सेमिनार गोष्ठी सम्म लावालस्करको ताँती, अनि जीवनभर विलासी साधन श्रोत प्रयोग गर्नेमा दर्ज भइहाल्छन् ।
    गणतन्त्रात्मक देशका जनता खान लाउन ओत बस्ने ठाउँ प्राप्त गर्न नसकेर मृत्युको मुखमा परिरहेका छन् । २४ घण्टा लाइनमा बसेर सिल तोडेका आधी ग्यास सिलिण्डर, खाने तेल एक सय पचास सम्म मुल्य पर्ने लाई तिनसय रुपैयाँ तिर्न वाध्य छन् जनता । कमिशन कालो बजारियाको तारो बनेकै छन् । दाउराको नाममा वन फँडानीले राष्ट्रको जनधनको दुरूपयोग भएकै छ नेता महाशयहरुलाइ हेलिकप्टर चार्टर र राहतकोटामा विदेश सयर गर्ने पुगेकै छ । भान्जा, भान्जी, नातिनी, नाति, दिदीबहिनीहरुलाई स्टारहोटलका सेमिनारमा सहभागी हुन दाता मित्र राष्ट्रबाट सहयोग स्वरुप जनतालाइ सदासायता प्राप्त भएकै छ वाह र गणतन्त्रमा जनताले यति धेरै दुर्दशा व्यहोर्नु पर्ने चिसोले कठ्याङिग्रएर मृत्यु हुने  औषधी उपचार नपाएर शिशु, सुत्केरी आमाको विचल्ली हुनु मैले बुझेको गणतन्त्र यस्तो होइन ।
    बाँच्न पाउने मानवीय अधिकार प्रयोग गर्न पाउनु राज्यका सम्पुर्ण जनमानसकोे समान हक थियो । जस्ले हान्यो उसले जान्यो थिएन ।  सत्ताको आड, दलीय स्वार्थमा मौलाएको भ्रष्टाचार, तस्करी र सत्ता टिकाउने काममा मात्र व्यस्त सरकार जनताका घाउमा मलम लगाउन भ्याएकै छैन । मानिस संसारकै उच्चतम प्राणीमा दर्ज भएको जात हो तर आज भोली मानवता, दायित्व, आपनत्व भाँडिएको छ । चेतना भए पनि नभए सरह समाजमा अहित हुने काम गर्छौैँ जसले समाजलाइ गिद्दे दृष्टि राख्छ त्यसैलाई फुलमालाले अबिरजात्रा गरी ढाकेका हुन्छौँ ।  हामी मानव कम दानव बढी भएका छौँ । मानिसका संवेदनशिल ठाउँ शिर कन्चट ताकी, ताकी गोली प्रहार गराउँछाँै असंख्य निर्दोष बृद्ध बालबालिकाहरु माथि ताकी ताकी गोलीका शिकार भएका घटनाहरु प्रशस्त देखिन्छन् ।
    जिउँदो मानिस पेट्रोलले जल्नु परेको छ, औषधी उपचार गराउन बोकेका एम्बुलेन्स भित्र बिरामी जलेर मृत्युको मुखमा पुग्नु परेको छ । हाम्रा चेलीहरुका अस्मिताहरु दिन दहाडै आफन्त र गैरबाट लुटिएको अवस्था छ ।  स्वतन्त्रता प्राप्तिका निउमा मानवताका अधिकारको अधिकार लाद्ने नाकाबन्दी  गराई आफ्नै अस्मिता माथि झुठा धावा बोल्ने दानवार्थ चरित्र देखिएको छ । सरकार लाचारीको रुपमा दर्ज भएको छ, राष्ट्रले धान्न नसक्ने मन्त्रीमण्डल गठन, मन्त्रालयको विस्तार सभा उद्घाटन रिबन काट्न  व्यस्त देखिन्छ । उपभोग्य समान खरिद गर्दा तेब्बर मूल्य तिर्नु पर्ने बाध्यताले जनता राज्यविहीनताको महशुस गर्दैछन् । सरकार कान नसुनेर मन्त्रालय र मन्त्रीको विस्तारमा तल्लिन छ वाह र गणतन्त्रवादी वामपन्थी सरकार  ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.