भैरहवा, बैशाख ।
शैक्षिक हबका रुपमा चिनिने रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा गुणस्तरिय शिक्षाका लागी नयाँ मन्टेश्वरी स्कूलको शुभारम्भ भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ६ स्थित भैयाटोलमा रामाज चिल्ड्रेन एकेडेमी नामक मन्टेश्वरी स्कूलको सोमबार एक कार्यक्रमका वीच शुभारम्भ गरिएको हो ।
भैयाटोलमा मन्टेश्वरि विद्यालयको आवश्यक्तालाई मध्यनजर गर्दै स्थापना गरिएको मन्टेश्वरी सञ्चालकले जनाएका छन् ।
स्कूलबाट साना साना बालबालिकाले गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने प्रिन्सिपल विनय कुमार यादवले बताए । अहिले नर्सरी कक्षाको सुरुवात गरेपनि आगामी दिनमा माथिल्लो कक्षाहरु थप्दै जाने योजना रहेको समेत उनले बताए । स्कूलमा ४ बर्षदेखि १० बर्ष सम्मका बालबालिकाहरु भर्ना हुन सक्ने समेत जानकारी समेत मन्टेश्वरीको प्रशासन साखाले जनाएको छ ।
उद्घाटन कार्यक्रमा बोल्दै समाजसेवी व्यवसायी तथा कार्यक्रमका प्रमुख अतिथी विजय शर्माले यस क्षेत्रमा मन्टेश्वरीको स्थापना हुनु प्रशंसनीय रहेको बताए । टोल सुधार समिति सिनपा–६ का अध्यक्ष तथा समाजसेवी रामदयाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बबिता कहार, पुजा शर्मा, रविकान्त मिश्र, नारायण हरिजन, मनिष चौधरी, सुरज बाल्मीकी लगायतले आ आफ्नो धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार प्रहलाद प्रसाद बरईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।